१६ बैशाख २०८१, आईतवार
१६ बैशाख २०८१, आईतवार
बालविवाह न्युनीकरणका लागी सचेतानामुलक अभिमुखीकरण गरिदै
  • न्युज डेस्क

    २८ जेष्ठ २०८०, आईतवार

मेनका चौधरीः बर्दिया २० जेठ

बालविवाह न्युनीकरण सम्वन्धी एक दिने सचेतानामुलक अभिमुखीकरण कार्यक्रम सञ्चारिका समुह बर्दियाको आयोजनामा गुलरिया नगरपालिकाको आर्थिक सहयोगमा आज गुलरिया नगरपालिकाको वडा नम्वर १२को कालिनगरमा सम्पन्न भएको छ ।

सो कार्यक्रममा गुलरिया नगरपालिकाको वडा नम्वर १२को वडा अध्यक्ष रामकुमार थारुको प्रमुख अथिथ्यमा सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अथिती थारुले भन्नु भयो विवाह वारी विस वर्ष पारी गर्नु पर्ने वडाको अभियान रहेको बताउदैउहाँले गाँउघरमा रहेको महिला हिसाँ,घरेलुहिसाँ,राजनैतिक हिसाँ, आर्थिक हिसाँ, लैगिँक हिसाँ,सामाजीक हिसाँ अन्त्य गर्नको लागी नेपाल सरकारले बालविवाह न्युनीकरणको लागी अभियान चलाएको बताउनुभयो ।

कार्यक्रममा प्रशिक्षणको क्रममा अध्यक्षले भन्नुभयो संविधानको धारा ३९मा मौलीक हक अन्तरगत बालबालिकाको हक रहेको हुनाले बताउनु भयो ।

बालविवाह गर्दा मानसीक शारीरिक रुपमा असर पर्छ बच्चा कमजोर जन्मने बालबिवाह गरेमा वडा सरकारले विवाह दार्ता समेत नगर्ने बताउनु भयो ।

उमेर नपुग्दै विवाह गरेमा गाँस, वाँस, कपास, शिक्षा, स्वास्थ्य रोजगारीमा समेत असर पुग्ने आफुले जन्माउने बच्चाहरुको समेत स्वास्थ्यमा समेत असर पुग्ने बताउनु भयो ।

सो कार्यक्रमा सञ्चारिका समुह बर्दियाको अध्यक्ष पुस्पा चौधरीले सुचनाको हक संरक्षण सम्वद्र्धन र प्रचलनमा जनप्रतिनिधि सञ्चारकर्मी र नागरीक समाजका अगुवाहरु तथा बालबालिकाको विषयमा सवै जादा सम्वेदनशील हुनु पर्ने भुमीको विषयमा प्रशिक्षण दिनुभएको थियो ।

उक्त कार्यक्रममा पत्रकार भनेको को हो पत्रकारीता गर्दा ध्यानदिनु पर्ने कुराहरुको बारेमा ६क कारहरुको बारेमा जानकारी दिनुभएको थियो। पत्रकार समाजको ऐना हो पत्रकारहरुले नयाँ नयाँ सुचनाहरु समाजमा जवाफदेही सुसासन पारर्दशिता,दक्षता, सर्वपक्षीय रुपमा समाजमा भएको घटनाको बारेमा सत्यतथ्य घटनालाई मिडीया मार्फत बाहिर ल्याउने काम गरीरहेको बताउनु भयो उहाँले थप भन्नुभयो समाजमा चौकीदारीताको काम पत्रकारले गरेको बताउनु भयो ।

सो कार्यक्रममा सञ्चारिका समुहको लुम्विनी प्रदेशको महासचिव मेनका चौधरीले सुचनाको हक कस्तो हक हो । यो नागरीकको मौलीक हक हो यो मुलकमा नागरीकहरु हक मध्ये महत्वपुर्ण हक मध्यको हक हो संकटकालीन घोषणा भएको सिमीत अवस्थामा बाहेक कहिलै पनि निलम्वन हुन सक्तैन । मौलीक हकको कुठारघात भएमा सर्वोच्च अदालत र उच्च अदालतले प्रत्यक्षीकरण र अधिकार पिच्छे लगायतका उपयुक्त आदेश जारी गर्दछन् ।

सुचनाको हक प्रचलन गराउने राष्ट्रिय सुचना आयोगको स्थापना गरिएको हो । सुचनाको हक सम्वन्धी ऐन को दफ ३(२) मा प्रत्येक नेपाली नागरिकलाई सार्वजनीक निकायमा रहेको सुचना पहुँच हुनेछ । सुचनाको हक सम्वन्धी ऐन दफा ४ (१) प्रत्येक सार्वजनीक निकायको नागरिकको सुचनाको हक सम्मान र संरक्षण गर्नु गराउनु पर्ने विषयमा जानकारी दिनु भयो । सो कार्यक्रममा गुलरिया वडा नम्वर १२को वडा सदस्य भारती सुनार ,भावना चौधरी, घिसु राम थारु, जमिल खाँ लगायतले बालविवाह न्युनिकरण गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।

कार्यक्रममा वडा नम्वर १२को प्रत्येक टोलको बालबालिकाहरुको महिला सदस्यहरु सञ्चरकर्मीहरुको समेत सहभागीता रहेको थियो । सो कार्यक्रममा सञ्चारिका समुहको सदस्य संगिता महतराले स्वागत मन्तव्य द्धारा स्वागत गर्नु भएको थियो ।भने कार्यक्रममा सहभागीहरुलाई तथा अथितीहरुलाई शुभकामना मन्तव्य सञ्चारिका समुहको सदय निसा थारुले दिनुभएको थियो सो कार्यक्रम सञ्चारिका समुहको अध्यक्ष पुस्पा चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।

  • २८ जेष्ठ २०८०, आईतवार प्रकाशित
  • Nabintech