१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
बाकेबाट नौ हजार २३ जना एसईईमा सहभागि
  • न्युज डेस्क

    १७ चैत्र २०७९, शुक्रबार

(नेपालगन्ज)
यस बर्षको माध्यमिक शिक्षा परिक्षा एसइइ मा बाकेबाट नौ हजार २३ जना सहभागि हुने भएका छन्
जिल्लामा रहेका ९८ वटा सामुदायिक विद्यालयबाट नौ हजार २३ जना सहभागि हुने भएका हु्न् । जिल्लामा २३ वटा परिक्षा केन्द्रहरु तोकिएको शिक्षा बिकास तथा समवन्य इकाइ बाकेका प्रमुख भगवानप्रसाद पौडेलले बताए ।
तीन हजार चार सय ४४ जना छात्रा र तीन हजार ११ जना छात्र गरी ६ हजार, चार सय ५५ जना विद्यार्थीहरूले परीक्षा दिनेछन् ।
यस बर्षको माध्यमिक शिक्षा परिक्षा एसईईमा डुडुवा गाउपालिकामा रहेको जयन्दु बालसुघार गृहका २४ जना एसईईमा सहभागि भएका छन् । ।उनीहरूले सुधार गृहमै तोकिएको युद्ध संस्कृत माविको उपकेन्द्र बाट परीक्षा दिनेछन् ।
यसैगरी ९३ वटा संस्थागत विद्यालयबाट एक हजार ५० जना छात्रा र एक हजार पाच सय १८ छात्र गरी कुल दुई हजार पँच सय ६८ परीक्षा दिनेछन्।
यसैगरी ६ जा दिष्टिबिहिीले परिक्षा दिदैछन् । उनिहरुलाइ एबीसी स्कुलको परीक्षा केन्द्र बाट सहयोगी मार्फत परिक्षा दिने ब्यबस्था मिलाइएको छ ।

 

  • १७ चैत्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech