६ चैत्र २०८०, मंगलवार
६ चैत्र २०८०, मंगलवार
बैदेशिक रोजगारमाजानेलाई सचेत गराउँदै आमकास
  • न्युज डेस्क

    ९ चैत्र २०७९, बिहीबार

मेनकाचौधरी
बर्दिया, चैत्र
बिदेशिनेचक्करमा रहेकामानिसलाई आप्रावासीमहिलाकामदार संस्थाले सचेत गराईरहेको छ । बिदेशबाट फर्केकामानिसहरुको अनुभव साटासाट गराई आमकासले अन्यमानिसलाई सचेत गराईरहेको हो ।
बिदेशीनु कसलाई रहर हुन्छ । तर बाध्यताले बिदेशिनु परे पनिआधारभुत ज्ञान नभए धेरै दुःख पिडा भोग्नु परेको छ । कति नेपाली बिदेशीकारागारमा जेल जिवनबिताईरहेका छन् भने कतियौ अलपत्र परेका छन् । यीयावत कुराहरु समाचारमा सुन्न सकिन्छ ।
सकेसम्म बिदेश नजान र जानै परे के कस्तो मापदण्ड पु¥याएर मात्रजान संस्थाले सचेत गराईरहेको छ । गुलरिया नगरपालिका–५ को आर्थिक सहयोग र आमकास बर्दियाको आयोजनामा बिदेशबाट फर्केकामहिलाहरुलाई सशक्तिकरण अन्तरक्रियाकार्यक्रम गरेको छ ।
बिदेश जाँदा नेपालबाट नभई गैर कानुनी रुपमाभारत हुँदै गएको पनि देखिने आमकास बर्दियाकीअध्यक्ष संगितामहताराले बताईन् । ‘गैरकानुनी रुपमागएकाकतियौं व्यक्तिमानसिक, शारीरिक र आर्थिक शोषणमा पर्ने गरेका छन्’ अध्यक्षमहताराले भनिन्,‘बिदेशीने मानिसहरुलाई व्यापक रुपमा सचेत गराउँने कामगरिरहेका छौं ।’बिदेशमाअलपत्र परेकालाई फर्काउनआमकासले सम्बन्धितनिकायमानिरन्तर पहलगरिरहेको छ ।साथै बिदेशबाट फर्केकाव्यक्तिहरुले विदेशमाआर्जन गरेका सीपको प्रयोग गरी स्वदेशमा रोजगारीकालागिआमकासले सघाईरहेको अध्यक्षमहताराले जानकारी दिईन् ।
अन्तरक्रियाकार्यक्रममा बिदेशबाट फर्केकीगुलरिया नगरपालिका–५ कीमोटी थारुले आफ्नो अनुभव साटेकी छन् । सकेसम्म बिदेश जानु हुदैन । बाध्यताले जानु परे जाने देशको बारेमाआधारभुत ज्ञान सीपहुनु जरुरी रहेको बताईन् । आफु रोजगारको लागिकतार गएको सुनाईन् । ‘भाषाको ज्ञान नहुँदाहातको इसारामाकाम गरे’ उनले भनिन्,‘काम सहजभएपनिभाषाको ज्ञान नहुँदा धेरै गाह्रो महसुस भयो ।’ नेपाल सरकारको मापदण्ड पु¥याएर बैधानिकतरिकाले मात्रजाने आग्रह समेत गरिन् ।
अनुभव साट्ने क्रममागुलरिया नगरपालिका–५ की विष्णु पौडेलले कोहीपनिबिदेश नजान अनुरोध गरिन् ।‘मान्छेले बिदेशमा सहजै रुपियाँकमाउने चक्करमा जान्छन्’ उनले भनिन्,‘तर त्यस्तो नहुँदोरहेछ ।’ बिदेशमागाएर धेरै दुःख पिडा हुने सुनाईन् । मान्छे बिदेशमागएर जति मेहनत गर्छन्, त्यति मेहनतयही गरे धेरै कमाउन सक्ने उनले अनुभव साटिन् । बैदेशीक रोजगारमाआफु दुबई गएको सुनाईन् । दुबईको कम्पनीमाबिरामीहुँदापनि१८ घण्टा कष्टकर डिउटी गरेर आएको जनाईन् । यदि बिदेश जानु परे योग्यताअनुसार सीपसिकेर मात्रजाने उनले भनाई राखिन् ।
बिदेशीने क्रममानठागिन र के कस्ता कानुनीप्रक्रिया पुरा गरेर जानुपर्ने वरिष्ठ अधिवक्ता नरेन्द्र शर्माले जानकारी गराएकाथिए । बिदेशमामानसिक, शारीरिक र आर्थिक शोषणमा हुँदाकहाँ र कसरी कानुनीउपचार खोज्ने बारेमाजानकारी अधिवक्ताशर्माले गराएकाथिए ।
अन्तरक्रियाकार्यक्रममागुलरिया नगरपालिका–५ कावडा सदस्यहरु, वडा सचिव घनश्याम अधिकारीलगायतप्रत्येक टोलबाट दुई÷दुई जनाको उपस्थिती रहेको थियो ।

 

  • ९ चैत्र २०७९, बिहीबार प्रकाशित
  • Nabintech