११ फाल्गुन २०८०, शुक्रबार
११ फाल्गुन २०८०, शुक्रबार
नेपाली कांग्रेस बाँकेले चैत ११ गते जिल्ला सम्मेलन गर्ने
  • न्युज डेस्क

    २१ फाल्गुन २०७९, आईतवार

नेपालगञ्ज, फागुन २१ । नेपाली कांग्रेस बाँकेले जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टी कार्यालय नेपालगञ्जमा आज बसेको जिल्ला कार्य समितिको नवौं बैठकले चैत ११ गते नेपालगञ्जमा जिल्ला सम्मेलन गर्ने निर्णय गरेको प्रबक्ता डिल्ली गिरीले बताए ।

जिल्ला सभापति नारायणप्रसाद गौडेलको सभापतित्वमा बसेको बैठकले आसन्न स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन सबै पार्टी पंक्ति एकताबद्ध भएर लाग्ने निर्णय पनि गरेको छ । बाँकेका पाँच वटा क्याम्पसमा हुने स्ववियु निर्वाचनमा नेविसंघलाई जिताउन सबै प्रतिबद्ध भएर लाग्ने निर्णय गरिएको गिरीले जानकारी दिए ।

बैठकले होली पर्व र अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना पनि व्यक्त गरेको छ । बैठकपछि सभापति गौडेलले शुभकामना सन्देश जारी गर्दै होली पर्वले सबै जिल्लाबासीहरुमा खुसीको रंगहरु छर्दै नयाँ उमंग र सद्भाव बृद्धि गर्न प्रेरित गरोस् भन्दै शुभकामना व्यक्त गरेका छन् । यस्तै अन्तर्राष्ट्रिय नारी दिवसको सम्पूर्ण महिलाहरुलाई शुभकामना दिँदै उनले महिलामाथि हुने विभेद र हिंसा विरुद्ध एकजुट हुने प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।

  • २१ फाल्गुन २०७९, आईतवार प्रकाशित
  • Nabintech