११ बैशाख २०८१, मंगलवार
११ बैशाख २०८१, मंगलवार
नीलो फूल
  • न्युज डेस्क

    २ फाल्गुन २०७९, मंगलवार

(नेपालगन्ज)

लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको इच्छा विपरीत विवाह गराइदिँदा महिलाले भाग्यलाई दोष दिनु परेको छ। बच्चा जन्माउन नसक्दा महिलाले बोक्सीको आरोप खेप्नु परेको छ। विवाह गरेर ल्याएकी महिलालाई नर्कको जीवनबाट छुटकारा दिलाउन अनेक सर्घष गर्छन् ।
सर्ट फिल्म ‘नीलो फूल’का नायक तिलक आफनो पहिचान बारे परिवार संग खुल्न सक्दैनन् ।निरन्तर छटपटिइरहेका छन्।उनको यो छटपटी फिल्मको अन्त सम्म चलीरहन्छ ।
समाजका अगाढी पुरुषको पहिचान कायम राख्न उनि पत्नी लाइ गर्भवती बनाउन चाहन्छन् । आफना पुरुष मित्र लाइ पत्नी गर्भवती बनाइदिन अनुरोध गर्छन् । लाखौ कोशीस पछि पत्नी राजी हुन्छनीन् । समाजको लाच्छना तिरस्कार भोग्नुभन्दा उनलाइ त्यहि मार्ग जायज लाग्छ । ‘हार खाएर आत्महत्या गर्न सकिन, रोजे मध्यमार्गी बाटो’तिलक सर्ट फिल्म नीलो फूल मार्फत आफनो वेदना पोख्छन्। यो अनुत्तरित प्रश्न दर्शकलाई छोडेर सकिन्छ नीलो फूल।
यहि सर्ट फिल्म नीलो फूल सोमबार नेपालगंन्जमा प्रदर्शन भएको छ। सोमबार नीलो फूल हेर्न हल पुगेका मध्ये अधिकाशं युवा थिए ।
सोमबार फिल्म हेर्न पुगेकी २० बर्षिय प्रकृति थापाले समयमा नै परिवारले नै आफना छोराछोरीको भावना नबुझदा कति सन्तान भित्र भित्रै पिल्सीनुपरेको बताइन् ।
‘आज सम्म हामीले पढेका मात्र थियौ आज एल जी बि टि क्यु आइ ए का बारेमा फिल्मकामे छोटो सन्देशले धेरै कुरा बुझाएको छ ।’ थापाले भनिन् ,‘समाजको कारण मान्छे खुल्न सक्दैन् । एउटा ब्यत्तिले आफनो भावना खुलस्त नभन्दा एउटा परिवारनै मानसीक रुपमा कसरी बिबश हुनुपरेको छ भन्ने सन्देश दिएको छ ।’
नेपालगंन्ज उपमहानगरं –१८ कारकादो १३ बर्षिय स्पन्दना पन्त पनि आमा संग फिल्म हेर्न हल पुगेकी थिइन् । फिल्म बाट पहिलो चोटी सेम सेक्सको सम्बन्धका बारेमा बुझकी उनले आफुलाइ फिल्मले निकै भाबुक बनाएको बताइन् । ‘आफनो फिलीगका बारे अरुलाइ बताउन नसक्दा कस्तो महसुस हुन्छ ।हरेक अभिभाबकले आफनो छोराछोरीको फिलीगको रेसपेक्ट गर्नु पर्छ ’उनले भनीन् , ‘यस्ता कुराहरु हामीले पढने किताबहरुमा पनि हुन जरुरी छ महिला पुरुष लाइ हेर्ने सोसाइटीको मापदण्ड चेन्ज हुन जरुरी छ ’
फिल्म हेर्न पुगेकी नेपालगंन्जकी २४ बर्षिय लक्ष्मी तिमील्सेनाले फिल्मको बिषयबस्तुको उठान गज्जब लागेको बताइन् । ‘यस्ता फिल्मले हाम्रो समाजमा पहिचान लुकाएर बसेकाहरु लाइ खुल्न पक्कै मदत गर्छ ’उनले भनिन् ,फिल्मका समस्या मात्र देखाइयो यसको समाधान खोजीएन त्यसैले अलि खल्लो पनि लाग्यौ ।’
खजुरा बाट फिल्म हेर्न पुगेकी २१ ब्र्षिय करुणा पर्बतेले यस्तो फिल्महरु ह्लमा देखाएर मात्र समस्या समाधान नहुने बताउछीन् । ‘यो सन्तानले मात्र होइन् हरेक अभिभाभबकहरुले बुझन जरुरी छ । एउटा छोरा वा छोरी किन बिाह गर्न मानीरहेका छैनन् कारण खोज्न जरुरी छ । गाउ गाउमा अझै छोरा छोरी बिच नै बिभेद छ हामी यौनीक अल्संख्यकको अधिकारको कुरा गरीराखेका छौ । ’स्नातक तहमा पढीरहेकी करुणाले भनिन् ,‘शहर बजारमा त मान्छे बुझने हुन्छन् पढेका हुन्छन् देखेका हुछन् । गाउमा गाउमा यौनीक अल्पसंख्यक मजाकका पात्र बनेका छन् । त्यसैले समुहमा अभिभाबक लाइ यो सन्देश पुरयाउन आवशयक छ । ’
नीलो फूल प्रदर्शनपछि अधिकार्मी कमला पन्तले समाजमा पुरुष र महिला दुइटा लिङ्गको मात्रै चर्चा गरिरहँदा अहिलेको संविधानले तेस्रोलिंगको पनि व्यवस्था गरेको बताइन् । तर यस्को बास्तबीकता केहो यसको समाधान केहो बिकल्प के हो यो बारे खासै चर्चा भएको छैन्।’उनले भनीन् ,‘यो मानवअधीकारको दिष्टीकोण बाट एउटा मान्छेलाइ मान्छे भएर बाच्ने वातावरण बनाइदिने दायित्व राज्यको हो । जसमा सबै क्षेत्रको सहयोग जरुरी छ ।’

यसका निर्दैशक हुन् सुनिल बाबु पन्त । पन्तले २३ वर्ष अगाडि सन् २००१ मा लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको मानवअधिकार र स्वास्थ्यमा काम गर्न नील हिरा समाज नामक गैरसरकारी संस्था स्थापना गरेका थिए ।
उनले नै लैङ्गिक तथा यौनिक अल्पसंख्यकको पहिचान र अधिकार माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दिए। पहिलो संविधान सभाका सदस्य पन्तको रिटमा सर्वोच्च अदालतले २०६४ पुस ६ गते सरकारका नाममा निर्देशनात्मक आदेश दियो।
समलिङ्गी विवाहको कानुन अहिलेसम्म बन्न सकेको छैन। सर्वोच्च अदालतको आदेशपछि गठन भएको समलिङ्गी विवाहबारे अध्ययन गर्ने समितिले २०७१ साल वैशाखमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ।
‘सरकारले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेको छैन। प्रतिवेदन बुझाइसकेपछि जारी भएको संविधान अनुसार मुलुकी देवानी र फौजदारी संहितामा लैङ्गिक तथा यौनिक अल्पसख्यक व्यक्तिको विवाह हुन्छ भनेर कल्पना समेत गरिएको छैन।’ पन्तले भने ,’भित्रभित्रै कति तिलकहरु पिल्सीरहेका होलान । हाम्रो आक्रोश भावनाले कसैलाइ किन पोल्दैन् हाम्रा नीति निर्माणकर्ता यहि प्रश्न गर्न एउटा बिद्रोह स्वरुप नीलो फूल लिएर आएको हु।’नीलो फूल अमेरिकी दूतावासले निर्माणदेखि प्रदर्शनमा सहयोग गरेको हो।

 

  • २ फाल्गुन २०७९, मंगलवार प्रकाशित
  • Nabintech