१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
पत्नी र छोरा लाइ आगो लगाइ पति फरार
  • न्युज डेस्क

    १५ माघ २०७९, आईतवार

(नेपालगन्ज)

बाकेको कोहलपुर नगरपालिका १, शक्तिनगरमा पतिले आफनै पत्नी र छोरा छोरालाई पेट्रोल छर्किएर आगो लगाएका छन् ।
आइतबार करिब ६ बजेतिर आफनै घरमा घरायसी झगडा भएपछि पति भानुभक्त विकले पत्नी गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई पेट्रोल छर्किएर आगो लगाएर्को इलाका प्रहरी कार्यालयलका डिएसपी एन बहादुर मल्ले बताए ।
‘आपसी मनमुटावामा आगो लगाएको प्रारम्भीक अनुसन्धानमा देखिएको छ थप अनुसन्धान गर्दै छौ ’डिएसपी ऐन बहादुर मल्ले भने , भानुभक्त घटना पछि फरार छन् खोजी कार्य जारी छ ।
गंगा विक र २ वर्षिय छोरा प्रिन्स विकलाई नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ भने २ वर्षिया प्रिन्सको भने स्वास्थय अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

  • १५ माघ २०७९, आईतवार प्रकाशित
  • Nabintech