७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
बेचबिखनको जोखिममा परेका बालबालिकालाई मनोविमर्श केन्द्र
  • न्युज डेस्क

    १३ माघ २०७९, शुक्रबार

(नेपालगन्ज)
जोखिमपूर्ण यात्रामा रहेका तथा बेचबिखनको जोखिममा परेका बालबालिकालाई परामर्श दिन बाकेमा दुइ ठाउमा बालमैत्री मनोविमर्श केन्द्र स्थापना गरीएको छ ।
मानव बेचबिखनको उच्च जोखिममा रहेको बाकेमा पहिलो पल्ट यस्तो परामर्शकेन्द्र स्थापना गरीएको हो ।
मानव बेचबिखनविरुद्ध काम गर्ने शक्ति समूहले नेपालगन्जको जमुनाहा नाका बालमैत्री मनोविमर्श केन्द्र र जिल्ला प्रहरी कार्यालय, बाकेको परिसरमा बालमैत्री निगरानी कक्ष स्थापना गरेको हो ।
‘जोखीम यात्रामा रहेका बालबालिका लाइ मनोबिमर्श सहित उनिहरु लाइ आराम गर्ने उनिहरुको अवस्था बुझन सो केन्द्र सहयोगि बन्ने छ ।’ शक्ति समूहले नेपालगन्जकी प्रमुख निर्मला पौडेलले भनिन् ,‘ त्यस्ता बालबालिका लाइ काउन्सलिङ्ग गर्ने उनिहरुको भावना बुझने अनि उनिहरुलाइ प्रहरीको सम्वन्यमा अभिभाबकको जिम्मा लगाउने काम गर्छौ ’
१६ लाख रुपैयाँ खर्च गरेर इलाका प्रहरी कार्यालय, जमुनाहा र जिल्ला प्रहरी कार्यालय, नेपालगन्जको परिसरमा बालमैत्री मनोविमर्श केन्द्र बनाइएको छ।
बालमैत्री परामर्श केन्द्र तथा बाल निगरानी कक्षको शुक्रबार बाकेका प्रमुख जिल्ला अधिकारी विपिन आचार्य र शक्ति समूहकी अध्यक्ष चरिमाया तामाङले सयुक्त रुपमा उद्घाटन गरे। सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी आचार्यले मानव बेचबिखन रोकथामका लागि केन्द्रको स्थापनाले मानवबेचबिखनको जोखिम लाइ नियन्त्रण गर्न सघाउ पुरयाउने बताए ।
शक्ति समूहकी अध्यक्ष तामाङले बेचबिखन नियन्त्रण , संरक्षण,सशक्तीकरण र पीडितलाई कानूनी सहयोगको लागि काम गरिरहेको बताउदै बालमैत्री मनोविमर्श केन्द्रले बालबालिकाको मनोबिज्ञान र अवस्था बिश्लेषण गर्न सहयोग पुग्ने बताइन् ।
‘ यसले मानव बेचबिखन न्यूनीकरणमा ठूलो सघाउ पु¥याउछ’ अध्यक्ष तामाङले भनिन् ,‘बाटोमा बसेर गर्नुपर्ने अनुसन्धान र परामर्श अब सुविधायुक्त भवनबाट हुने हुदा गोपनियता बालमैत्री ब्यवहारको सुनिश्चितता गराएको छ । ’
१८ जिल्लामा बेचबिखनविरुद्ध काम गरिरहेको शक्ति समूहका ५ वटा सेल्टर होम छन्। एक सय ३१ जना सदस्य रहेको शक्ति समूहले चौध बर्ष देखि बाकेमा काम गर्दै आएको छ।

 

  • १३ माघ २०७९, शुक्रबार प्रकाशित
  • Nabintech