१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
सुनारको कमाण्डमा अबैध काठ नियन्त्रणमा , तिन जना भारतीय नागरिक पक्राउ
  • न्युज डेस्क

    २९ पुष २०७९, शुक्रबार

बाँकेको नरैनापुर गाउँपालिकाको नयाँ बस्तीबाट ठुलो परिमाणमा अवैध काठसहित ३ जना पक्राउ परेका छन् ।

अवैध काठ लुकाई राखिएको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारको कमाण्डमा सँगै गएको नरैनापुर सव-डिभिजन वन कार्यालयका रेन्जर जगबिर खत्रीको टोलीले बिहिबार दिउँसो साढे २ बजे गाउँपालिकाको वडा नम्बर ६ स्थित नयाँ बस्तीमा लुकाई राखिएको अवस्थामा  १७.१५ क्युफिटका  ३३ थान  सालको कडीसहित ३ जनालाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय भगवानपुरले जनाएको छ ।

अवैध काठसहित पक्राउ परेका सबै भारतीय नागरिकलाई आबश्यक कारबाहीका लागि आजै डिभिजन बन कार्यालय बाँकेलाई बुझाइएको प्रहरीले जनाएको छ ।

चोरी पैठारी रोक्न प्रहरी सक्रिय रहेको सुनारले बताए ।भगवानपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक वीरबहादुर सुनारको नरैनापुरको कमाण्ड समालेपछि नरैनापुर बाट हुदै आएको तस्करी पनि नियन्त्रणमा आएको छ ।

  • २९ पुष २०७९, शुक्रबार प्रकाशित
  • Nabintech