६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
साइक्लिङ क्लबले मनाए राष्ट्रिय पोसाक तथा ढाकाटोपी दिवस
  • न्युज डेस्क

    १७ पुष २०७९, आईतवार

नेपालगन्ज – नेपालगन्ज साइक्लिङ क्लबको आयोजनामा राष्ट्रिय पोसाक तथा ढाकाटोपी दिवस नेपालगन्ज उपमहानगर पालीका गेट बाट साइकल यात्रा शुरु गरि बिपि चौक, धम्बोजी चोक, सेतु बिक चौक, न्युरोड , त्रीवेणी मोड, त्रिभुवन चौक, चारबाहिनी, गणेशमान चौक हुँदै उपमहानगर गेट सम्म साइकल यात्रा गर्दै मनाइएको क्लब का अध्यक्ष सतिश निरौलाले जानकारी दिनुभयो ।                         
नेपालगन्ज मेडिकल कलेज का एमडी डाक्टर सुरेश कुमार कनोडियाको प्रमुख आथिथ्यतामा सम्पन्न साइकल यात्रामा सहभागी सबै साइकलेहरुले ढाका टोपी लाएर साइक्लिङ गर्दै शहर परिक्रमा गरिएको कार्यक्रममा प्रमुख अतिथि डाक्टर सुरेश कुमार कनोडियाले क्लबले गर्ने गरेका नियमित गतिविधि र बिशेष कार्यक्रमहरु को आयोजना गरेको मा क्लब लाई धन्यवाद दिदै साइक्लिङ मानव स्वास्थ्यका लागी अनित नै महत्त्वपूर्ण रहेको बताउनु भएको थियो।
कार्यक्रममा सहभागी सबैलाई नेपालगन्ज घरबारीटोलमा रहेको पाल्पाली ढाकाटोपी पसलको तर्फबाट एक- एक थान ढाकाटोपी उपहार प्रदान गरिएको क्लब का सचीव प्रदीप सापकोटाले जानकारी दिनु भयो। पाल्पाली ढाकाटोपी पसल का संचालक बिष्णु कडेलले नेपाल र नेपाली को पहिचानको रूपमा रहेको ढाकाटोपी लाई पर्बधन गर्न क्लबले आयोजना गरेको ढाकाटोपी दिवसको साइकल यात्राले महत्त्वपूर्ण भुमिका खेलेको मा खुशी व्यक्त गर्नुभयो ।                                                                                       
कार्यक्रममा सहभागी सामाजिक अभियन्ता तथा पर्यटन मंच बाकेका अध्यक्ष कृष्ण प्रसाद श्रेष्ठले नियमित साइक्लिङ सङ्गै क्लबले विभिन्न अवसरमा आयोजना गरेका कार्यक्रम र ढाकाटोपीको महत्त्वलाई उजागर गर्न आयोजना कार्यक्रम गरेकोमा धन्यवाद दिनुभयो । पुर्व वडा अध्यक्ष सुनिल सिह हमाल ले पनि ढाकाटोपी दिवस मनाएकोमा खुशी व्यक्त गर्नुभयो क्लब का सल्लाहकार गगन थापाले क्लब ले गर्ने यस्ता नियमित गतिविधि ले साइकल प्रति आकर्षण बढाउने भन्दै आजको बिशेष दिन आयोजना गरेको कार्यक्रम लाई धन्यवाद दिनुभयो क्लब का सल्लाहकार रमेशकुमार मल्लले राष्ट्रिय पोशाक र पहिरहको महत्त्व दर्शाउदै गरेको ढाकाटोपी दिवस साइकल यात्रा ले साइकल सस्कृती लाई टेवा का साथै ढाकाटोपीको पर्वधनमा महत्त्वपूर्ण भुमिका खेलेको मा खुशी व्यक्त गर्नुभयो । क्लब का अध्यक्ष सतिश निरौलाले सहभागी र सहयोगी सबैलाई धन्यवाद दिदै नियमित साइक्लिङ गर्न सबभन्दा आव्हान गर्नुभयो ।                               

  • १७ पुष २०७९, आईतवार प्रकाशित
  • Nabintech