१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
कांग्रेसका कार्यकर्ताले कुटे एमाले उम्मेदवार
  • न्युज डेस्क

    २४ बैशाख २०७९, शनिबार

नेपालगन्ज-   नेपालगञ्ज उपमहानगरपालिका वडा नंं. १३ का सदस्य उम्मेदवार रामकुमार गोडियामाथि प्रचारकै क्रममा कुटपिट गरेका छन्।

शुक्रबार साँझ ९ः३० वजे नेपालगञ्ज उपमहानगर पालिका वडा नम्बर १३ को लाला पुरुवा चौकमा निर्वाचन प्रचारप्रसार सकेर लालपुरुवास्थित एमालेको निर्वाचन वडा सम्पर्क कार्यालयमा बसिरहेका एमाले उम्मेदवारमाथि कांग्रेस कार्यकर्ताले आक्रमण गरेका हुन्।

नेपालगञ्ज-९ बाँके गाउँस्थित कौशल चौधरीको छोरा विक्कीसहित पाँच छ जनाको जनाले ‘यो एमालेको उम्मेदवार हो गोद्नुपर्छ’ भन्दै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर-१३ को वडा सदस्यका उम्मेदवार राम कुमार गोडियालाई एक्कासी मरासन्न हुनेगरी कुटपिट गरेका थिए।

कुटपिट गर्नेहरु वडानम्बर ९ र १३ को व्यक्तिहरू भएको र नेपाली कांग्रेसको नाम लिँदै एमालेका वडा सदस्यका उम्मेदवारलाई  हातपात गरेकाे स्थानीयले बताए।

घटनपछि प्रहरी घटनास्थल पुगेको र अभियुक्तहरु हाल फरार रहेका छन्। अपराध ढाकछोप गर्न आफूहरु ‘नेपाली कांग्रेस रहेको, कसले के गर्न सक्छ’ भन्दै चोकमा डर त्रास र धम्की दिएर त्यहाँबाट भागेको स्थानीय बासिन्दाले बताएका छन्।

नेकपा एमालेका वडा कमिटी अध्यक्ष मुर्तुजा दर्जीले शुक्रबारको घटनाले आफूहरु त्रासमा रहेको बताए। एमालेको विजय हुने निश्चित भएपछि आक्रमण भएको उनले बताए।

नेपाली कांग्रेस निकट रिगल ढकालको आतंकका कारण कुनै बेला नेपालगन्ज भयभित हुन्थ्यो। आफ्नै सहकर्मीलाई दिनदहाडै प्रहरी नजिकै भएको ठाउँ सुर्खेत रोडमा खुडा प्रहार गरेर विभित्स हत्या गरेको मुद्दामा दोष ठहर भएपछि रिगल जेलमा छन्।

उनी जेल गएपछि छिन्नभिन्न भएको समूह फेरि स्थानीय तहको निर्वाचनको बेला नेपालगञ्जमा सक्रिय हुन थालेकाे भन्दै स्थानीय त्रसित छन्। रिगल जेल गएपछि शान्त भएको नेपालगञ्जमा फेरि डर त्रासको माहोल र्सिजना भएको स्थानीय बताएका छन्।

नेपाली कांग्रेस नेतृत्वको सरकार भएको मौका छोपेर उक्त समूह नेपाली कांग्रेस बाहेकका उम्मेदवारविरुद्ध भौतिक आक्रमणमै उत्रिएका छन्।

नेपालगञ्जको मेयरमा कांग्रेसको तर्फबाट प्रशान्त विष्ट मेयर उम्मेदवार छन्।

 

  • २४ बैशाख २०७९, शनिबार प्रकाशित
  • Nabintech