१७ असार २०८२, मंगलवार
१७ असार २०८२, मंगलवार
 मधेशी छोरीहरुलाई शिक्षित बनाउने पहिलो प्रथामिकता : बाँकेका कान्छा अध्यक्ष उम्मेदवार हिमांशु यादव
  • न्युज डेस्क

    १६ बैशाख २०७९, शुक्रबार

बाँके- जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवारका रुपमा नेकपा एमालेले चयन गरेको जानकी गाउँपालिकाका अध्यक्षका उम्मेदवार हिमांशु यादवले आफुलाई जनताले निर्वाचित गराएमा पहिलो प्राथामिकता आफ्ना पालिकाको मधेशी छोरीहरुलाई साक्षर र शिक्षित बनाउने रहेको बताए ।

१४ बुँदे प्रतिबद्धता पत्रलाई सार्वजनिक गर्दै उनले मधेशी छोरीहरुको शिक्षालाई प्राथामिकतामा राखेर उनीहरुको शैक्षिक स्तरलाई बृढि गर्नमा आफ्नो जोड रहने बताए । उनले भने,‘समय परिवर्तन हुँदैछ । सोही परिर्वतन अनुसार मधेशका छोरी र उनीहरुको अभिभावकहरुमा पनि विस्तारै छोरी शिक्षित हुुनु पर्छ भन्ने चेतानाको विकास हुँदै गई रहेको छ । तर अझैंपनि पुराना सोंच भएका बुज्रुकहरुले आफ्ना नानीहरुलाई शिक्षाको अधिकारबाट बञ्चित गराएको हुनाले त्यस्तो छोरीहरुको शिक्षामा मेरो जोड रहने छ ।’

सामान्यतया सबै उम्मेदवारहरुले तयार पारेका प्रतिबद्धतापत्रमा लगभग लगभग एकै प्रकारका विषयहरु समेटिएका हुन्छन् । ती सबै प्रतिबद्धता पत्रमा शिक्षा, स्वास्थ्य, भौतिक संरचनाहरुको विकास, किसानले मूल्य बनारीकरण, महिला तथा बालबालिका, अझैं विशेष त युवा रोजगार, त्यसैगरी खेलकुुद आदि ईत्यादि । अध्यक्षका प्रत्यासी उम्मेदवार हिमांशुकोपनि प्रतिबद्धता पत्रमा समेटिएका एजेण्डाहरु यस्तै नै छन् । तर उनको प्रतिबद्धता पत्रमा समेटिएका बुँदाहरु अरुको तुलनामा उस्तै उस्तै लागेतापनि ती बुँदाहरुलाई कार्यान्वयन गराउनकोलागी हिमांशुको भिजन र कायैशैली भने धेरै नै फरक अनि आर्कषक छन् ।

उमेरले उनी अन्य उम्मेदवारको तुलनामा कान्छा उम्मेदवार भएको हुनाले एउटा युवा उम्मेदवारमा भएको जोश र जाँगर अनि कामलाई नतिजामा परिणत गर्नकालागी युवा भिजन नै फरक छ हिमांशुको ।
आफुुले बनाएको प्रतिबद्धता पत्रलाई बाचन गरेर सार्वजनिक गर्न जति सजिलो त्यति नै त्यसलाई कार्यान्वयन गर्न गाह्रो छ नि, कसरी लागू गर्नु हुन्छ भन्ने प्रश्नमा उनी भन्छन्,‘कामलाई नतिजामा पुुर्याउनकोलागी बोलेर काम गर्छु भन्दै जनताको विश्वास जित्ने चलन पहिलाको हो । अब समय त्यो छैन । जनप्रतिनीधि भन्दा धेरै गुणा जान्ने र बुझ्ने जनता छन् । अहिलेको जनतालाई बोलेर हैन उनीहरुलाई उनीहरुको आवश्यकता अनुसारका काम सोधेर त्यो पुुरा गर्न उनीहरुलाई नै अग्रसर गरिदिनु पर्छ । र म त्यही गर्नेछु ।’ उनी अगाडी भन्छन्,‘यसो गरियो भने हाम्रो घोषणा पत्रले गर्न चाहेको सबै बुँदाका काम सजिलै पुरा हुन्छ ।’

जानकी गाउँपालिकामा आज सार्वजनिक गरिएको उम्मेदवारहरुको प्रतिबद्धता पत्रमा घरेलु महिलालाई उद्यमशिलताका लागी सीप प्रदान गरेर उनीहरुलाई आर्थिक रुपमा सबल र सक्षम बनाउने कुरालाई पनि समेटिएको छ । त्यसैगरी सबै वार्डहरुमा जेष्ठ नागरिककालागी दिवा सेवा भवनको निर्माण गरेर जेष्ठ नागरिकलाई सहयोग गरिने कुरा पनि समेटिएको छ । यसका साथै शिक्षामा पनि सामूदायिक र मदरसामा कक्षा १२ सम्म अनिर्वाय र निशुल्क कम्यूटर शिक्षा प्रदान गरिने कुरा उल्लेख गरिएको छ ।

भूमीहीनहरुको पहिचान गरी उनीहरुलाई जग्गाधनी प्रमाणपत्र प्रदान गरिने कुरा पनि उनले सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा समावेश गरिएको छ । यसका साथै सबै नागरिकको स्वास्थ्य बिमा गरिने कुरापनि उक्त प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ । यतिमात्र नभई मुटु रोगी बालबालिकालाई उपचारकालागी रु १ लाखसम्म सहयोग गर्ने पनि बताईएको छ । १४ ओटा बुँदामा तयार पारिएको उक्त प्रतिबद्धता पत्रमा किसान परिचय पत्र देखि युवा रोजगार हुँदै पर्यटन प्रवद्र्धनका विषयहरुलाई समेत समेटिएको छ ।

  • १६ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२