१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
नेतृत्वमा युवा आर्कषण
  • न्युज डेस्क

    १३ बैशाख २०७९, मंगलवार

(नेपालगन्ज )
मधेसी बाहुल्य रहेको बाकेको जानकी गाउपालीकामा २९ बर्षिय हिमान्शु यादवले नेकपा एमाले बाट गाउपालिकाको अध्यक्ष पदको टिकट पाएका छन् । पेशाले उद्यमी उनि अहिले घरदैलोमा ब्यस्त छन् ।जानकी गाउपालिकामा एमालेबाट निर्वाचित अध्यक्ष रामनिवास यादवको गत १२ भदौमा निधन भएपछि एमालेले उनका छोरा हिमांशु यादवलाई अध्यक्ष उठाउने निर्णय गरेको हो । यादवको निधनपछि उनका उत्तराधिकारी युवा व्यवसायी हिमांशुलाई उम्मेदवार बनाउन स्थानीयले दबाब दिए ।पाच सय जनशत्ति राखेर ब्यबसाय गरीरहेका हिामन्शु एक उद्यमी हुन् । चुनाबि मैदान भने उनको पहिलो चाहना थिएन् । उनि आफनो ब्यापार ब्यवसायमा ब्यस्त थिए । हजुरवुवा,बुवा राजनितीमा जिबन अर्पण गर्दा उनको पुस्ता पहिलो पटक ब्यबसायमा जम्न सुरु गरेको थियो ।
त्यसैले उनले उद्यम गरेर युवा लाइ रोजगारमा जोडेका थिए। बुवा रामनिवास यादवको उपचारका क्रममा मृत्यु भएपछि उनको यात्रा राजनीतिमा मोडियो ।
युवा उद्यमी २९ बर्षीय हिमान्शु। राजनिति र ब्यवसाय अगुवाइ गर्नु एउटै भएको बताउछन् । ‘ नियम बिधि टिम वर्क बिना कुनै काम अघि बढन् सक्दैन् । त्यसरी राजनीतिमा भिजन भएन् भने अघि बढन सकिदैन् । जनताको हित हुने कार्यक्रम नबनाएसम्म समुदाय अगाढी बढन सक्दैन् । २० बर्षको उमेर देखि ब्यवसायमा लागेका उनि ४० बर्ष पछि राजनितीमा होमीने सोचमा थिए । बुवा राजनीतिमा गरेर सेवा गर्दै हुनुन्थ्यौ म ब्यबसाय गरेर एक प्रकारले सामाजिक सेवा गरीरहेको थिए । उनले भने ,बुवाको निधनले उहाको अभाव अनि अधुरा समना पुरा गर्न राजनीतिमा आउनुपर्ने अवस्था आयो ।’
जानकी गाउपालिकाको भुगोल बुझेका हिमान्शु गाउमै जन्मे त्यहि हुुर्के उनि त्यो समाजसंग टाढा छैनन् । मेरो समाजको सोच धारणा आवश्यकता राम्रो संग बुझेको छु त्यसललाइ समाधान गर्ने उद्देश्यका साथ मैदानमा आएको हु । ’ मधेसी बाहुल्य यो पालिकामा यादव विरादरीको पकड रहेकोले एमालेले उनका छोरा हिमांशु यादवलाई अध्यक्ष उठाउने निर्णय गरेको हो ।

यस्तै जसपा बाट जानकी गाउपालिकाको अध्यक्षमा टिकट पाएका राजीब कुमार बर्मा समुदायको सेवाका लागि राजनितिमा होमीएका छन् । युवा उद्यमी उनी देशको राजनीति ठीक नभएसम्म कुनै नितीले काम नगर्ने बताउछन् ।सामाजीक काममा रमाउने ३२ बर्षिय बर्मा एउटा किसानले आफनो छोरीको बिबाहका लागि खेत बेच्नुपर्ने बाध्यता हटाउन् कृषिमा लगानी गर्ने योजना बनाएका छन् । ‘९० प्रतिशत समुदाय कृषिमा निर्भर छन् तर एउटा किसान जहिले पनि ऋणको भारीले च्यापीएको हुन्छ्।’ उनले भने ,कृषि स्वास्थ्य शिक्षा निशुल्क नभएसम्म जनताको हितका लागि काम गर्न सकिदैन् ।’ बिबिए सम्म अध्ययन गरेका उनले अरु लाइ गालि गरेर मात्र ब्यबस्था परिवर्त हुदैन् भन्ने हेक्का राखेका राजिबले परिवर्तनका लागि आफै मैदानमा उत्रिएको बताए ।
‘ गरीब पिडित सधै गरीब रहिरहने टाठाबाठाले उनिहरुलाइ भजाएर लुटिरहने अवस्थामा परिवर्तन् जरुरी छ उनले भने ,‘त्यो परिवर्तन् अरु बाट होइन् आफै बाट जरुरी भएपछि राजनीतिमा होमीएको हु ।’

खजुरा गाउपालीका अध्यक्षमा टिकट पाएका सुमन मल्ल पुर्व वडा अध्यक्ष हुन् । २०७४ को स्थानीयत निर्वाचनमा वडानं १को वडाअध्यक्षमा भारी मतले निर्वाचीत भएका उनलाइ अहिले नेकपा एमालेले गाउपालिकाको अध्यक्षमा उठाएको छ । वडावडामा पुगेर जनता संग मत मात्र होइन् उनि भोलिको भबिष्यका लागि जनताको माग बारे पनि राय संकलन गर्दै हिडेका छन् । वडामा गाउका युवाका लागि जिम हाउस खोलेका उनले वडा स्तरमा बर्थिङ्ग सेन्टर देखि ६ जना ल्याब टेक्नीसियन राखेका छन् । वडामा रहदा युवा देखि बृद्धका लागि नबिन काम गरेका उनलाइ स्थानीयस्तर बाट नै वडाबासीहरुले अध्यक्ष बनाउन पहल गरे ।आफनो कार्यकालमा तलब भत्ता समेत नलिएका उनले बिपन्न अनि गरीब लाइ आफनो सेवा सुबिधा बाडदै आएका थिए । ‘ बिकासको नाममा बाटो मात्र बनाएर हुदैन् ।बाटोमा लाइ रोजगारी संग जोडने बिकल्प दिन जरुरी छ ।’ उनले भने,‘स्थानीयस्तरका युवालाइ सिप अनुसारको रोजगा।रीनै आफनो प्रातमिकता हो ।’३८ बर्षिय मल्ले भने । वडा जस्तो टुक्रे योजना हुदैन् गाउपालिकाम भुगोल जस्तै बजेट पनि ठुलो हुन्छ त्यसलाइ प्राथमिकताका आधारमा बाडफाड गर्छौ ।’

नेपालगंन्ज उपमहानगरको वडा नं २० का लागि वडा अध्यक्षका लागि जसपा बाट उम्मेदार बनेका कौषल कुमार धोबी आफनो पाटी बाट एक्लो अल्पसंख्यक क्षेत्र बाट पहिलो उम्मेदवार हुन् । शिक्षण पेशा बाट बिद्यालय ब्यबस्थापन समितीको अध्यक्ष भएका उनि बिद्यालय ब्यबस्थापन कुशलता पुर्वक गर्दै गर्दा राजनितीमा होमीएका हुन् । २०७४ सालको स्थानीयतहको निर्वाचनमा वडा अध्यक्षमा पराजीत भए ।१२ सय१८ मत आफनो बदर हुदा उनले उपमहानगर भित्रै अशिक्षाको अवस्था थाहा पाए । उपमहानगरपालिकाको वडामै शिक्षाको अवस्था यस्तो छ भने अझै शिक्षमा गर्न धेरै बाकि छ। उनले भने।
२०६३ देखि राजनिति लागेका धोबी आफनो समुदायको प्रतिनिधीत्व अनि सवाललाइ सम्बोद्धन गराउन पनि उनले वडाअध्यक्षमा आफुलाइ अगाढी सारेको बताए । ‘अझै पनि उच्च बर्गहरुलाइ एउटा धोबी लाइ वडाअध्यक्ष बनाएपछि नमस्कार गर्नुपर्छ भन्ने डर छ।’ उनले भने, यो भ्रम चिर्न पनि मैले यो आट गरेको हु ।मध्यम बर्गिय मा समस्या छैन् । तर उच्च बर्गमा अझै यो अवस्था कायमै छ’उनले भने,‘ त्यसैले भेदभाव रहित समाजको निर्माणमा लाग्न चाहन्छु । ’ भाोट दिनेलाइ मात्र सेवा दिने परिपाटीको अन्तय गर्न चाहन्छु । ’

सोसलजीमा मास्टर गरेका उनले एलएलबी सम्मको अध्ययन गरेका छन् । ‘पिएचडी पनि गर्ने सोच बनाएको थिए । यो राजनितीले पढने अवसर नै दिएन् ’उनले भने । उनको वडामा मात्र २५० घरमा धोबीको बसोबास छ ।
उपमहानगरभित्र मात्र २ हजार भन्दा बढि धोबीको संख्या छ । जनगणनाको हिसाबले थोरै संख्या भएकाले अल्पसंख्यक समुदायमा परेका धोबी यसअघि कार्यपालिका सदस्य भएर निती स्थानीय सरकार एन नियम राम्ररी बुझन पाए ।
पाटिले कार्यपालिका सदस्यमा अवसर दिएर उपमहानगरको बिभिन्न समितीमा बसेर काम गर्ने अवसर पाए । उनले भने ‘,समितीको संमयोजक भएर पनि भुमिका निर्भाह गरेको छु। ’
२०७४ को स्थानीय तह निर्वाचनमा बाकेका आठमध्ये चार पालिका जितेर एमाले पहिलो शक्ति बनेको थियो । कोहलपुर नगरपालिका, जानकी, खजुरा र बैजनाथ गाउँपालिका एमालेले जितेको थियो । राप्तीसोनारी र डुडुवा गाउँपालिका कांग्रेसले जितेको थियो भने नरैनापुर जसपा र नेपालगन्ज उपमहानगरपालिका राप्रपाले जितेका थिए । माओवादी केन्द्रले एउटा पनि पालिका जित्न सकेको थिएन ।

 

 

 

  • १३ बैशाख २०७९, मंगलवार प्रकाशित
  • Nabintech