२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार
एमाले बाँकेका आठ स्थानीय तहमा कस्ले पायो टिकट
  • न्युज डेस्क

    १० बैशाख २०७९, शनिबार

नेकपा एमालेले बाँकेका आठ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । नेकपा एमाले केन्द्रिय बैठकले बाँकेमा सहमति हुन नसकेका तिन स्थानीय तहका नाम प्रकाशित गरेको हो । सर्व सहमतिमा छनोट हुन नसकेका बाँकेको कोहलपुर नगरपालिका मेयर उम्मेदवार खिल प्रसाद भूसाल उपमेयर अस्मिता थारु , बैजनाथ गाउँपालिकामा अध्यक्ष घननाथ खनाल उपाध्यक्ष प्रेमपूर्ण योगी , राप्तीसोनारी गाउँपालिकामा रामदास थारु अध्यक्ष ,चमेली वाकवल उपाध्यक्षमा उम्मेदवारी तय गरेको हो ।

यस अघि एमाले बाँकेले बाँकेका अन्य पाँच स्थानीय तहमा सर्वसहमतिमा उम्मेदवारीको नामावली प्रकाशित गरिसकेको थियो । सर्वसहमतिमा नरैनापुर गाउँपालिका पदमावति यादव अध्यक्ष ,उपाध्यक्षमा रामकमार दिक्षित ,डुडुवा गाउँपालिकामा सरोजकुमारि यादव अध्यक्ष, उपाध्यक्षमा सकिल खा ,नेपालगञ्ज उपमहानगरपालिकामा पशुपतिदयाल मिश्रा मेयर, शान्ति ढकाल उप मेयर ,जानकी गाउँपालिकामा हेमन्सु यादव अध्यक्ष ,उपाध्यक्षमा भुमिसरा धिताल खजुरा गाउँपालिकामा सुमन मल्ल अध्यक्ष, उपाध्यक्षमा नजिर मा चयन भइसकेका थिए ।

नेकपा एमाले केन्द्रिय सदस्य सुर्य ढकालका अनुसार सर्व सहमति हुन नसकेका उम्मेदवारहरुको सवालमा प्रदेश कमिटी हुँदै केन्द्रिय कमिटीले अन्तिम निर्णय  गरेको बताए । अब सबै मिलेर आफ्ना उम्मेदवारहरुलाई विजयी बनाउन केन्द्रित हुन समेत निर्देशन गरिएको छ ढकालले भने ।

  • १० बैशाख २०७९, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२