६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
एमाले उप–महानगरपालिकामा प्रमुख तथा उप–प्रमुखका उम्मेदवारहरुले सार्वजनिक गरे प्रतिबद्धता पत्र
  • न्युज डेस्क

    ९ बैशाख २०७९, शुक्रबार

(नेपालगन्ज )
आगामी बैशाख ३० गते हुने निर्वाचनका लागि नेकपा एमालेबाट नेपालगन्ज उप–महानगरपालिकामा प्रमुख तथा उप–प्रमुखका उम्मेदवारहरुले आफनो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका छन । शुक्रवार नेपालगन्जको पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेकपा एमालेका तर्फबाट नेपालगन्ज उप–महानगरपालिकाको प्रमुख पदका उम्मेदवार पशुपति दयाल मिश्र र उपप्रमुख शान्ति ढकाल लगायतले १९ बुँदे चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेका हुन ।
प्रतिबद्धतापत्रमा सबैभन्दा चर्को गर्मी हुने ठाउँ भएकोले नेपालगन्जका प्रत्येक स्कुल वातानुकुल बनाउने उल्लेख छ।
भेरी अस्पताललाई पोष्ट ग्राजुयट इन्स्टिच्युट अस्पतालको रुपमा विकसित गर्न प्रदेश र संघीय सरकारसंग समन्वय गर्ने, राप्ती नदीबाट लिफट गरेर प्रशोधन गरी घरघरमा शुद्ध खानेपानीको सेवा दिने, मुख्य सडकहरुमा सोलार प्यानलको छाना बनाई पैदल तथा साइकल लेनको व्यवस्था गर्ने, नेपालगन्ज–भैरहवा तथा नेपालगन्ज–भरतपुर नियमित उडान सञ्चालन गर्न पहल गर्ने, वपत तथा महामारीविरुद्ध सचेतता अभिवृद्धि गर्ने लगायत कुरा समेटिएको छ।
यस्तै स्मार्ट कक्षालाई व्यवस्थित र नियमित बनाउन डिजिटल अध्ययन अध्यापन सामग्री तथा पाठ्यक्रमको विकास गर्ने, बहिरंङ सेवामा ५ हजार तथा अस्पताल भर्ना भएको खण्डमा स्वास्थ्य विमामार्फत १ लाखसम्मको उपचार निःशुल्क हुने व्यवस्था मिलाइने लगायत रहेका छन्।
प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमालेका नेपालगन्ज उपमहानगरपालिकाका मेयर पदका उम्मेदवार पशुपति दयाल मिश्र, उप–मेयरका उम्मेदवार शान्ति ढकाल पार्टीका केन्द्रीय सदस्य हारुन हल्वाई, दिपा शर्मा, जिल्ला उपाध्यक्ष डिल्ली विसी, प्रचार विभाग प्रमुख सतिश निरौलालगायतका पार्टी नेताहरुको उपस्थित रहेको थियो ।

 

  • ९ बैशाख २०७९, शुक्रबार प्रकाशित
  • Nabintech