७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
माओवादी जनयुद्धको बाल विद्यार्थी नेता, बाल युद्ध पत्रकार मेनका चौधरी
  • न्युज डेस्क

    ५ बैशाख २०७९, सोमबार

बर्दिया

बर्दियाको बारबर्दिया नगरपालिकाको जनयुद्धको युद्धबाल नेता बाल पत्रकार अब आउने हुने स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) ले मेयरका रूपमा अघि सार्ने चर्चा स्थानीय स्तरमा सुरु भइसकेको छ ।
नहोस् पनि किन,अघिल्लो निर्वाचन मै जिल्ला पार्टीले उनलाई संघिय सामानुपाटिक संघिय सांसदको थारु कोटाबाट तेस्रौ नम्वरमा नाम सिफारिस लुम्विनी प्रदेशबाट पहिलो एक जनाको मात्र गरेको थियो जसमा मेनका चौधरी सिफारिस भएता पनि अन्तिम अबस्थामा उनलाई पार्टीद्धारा अपहेलित गरी समावेश नगरेता पनि सदैभ पार्टी तथा जनताको सेवामा सक्रिय रहेको हुदाँ हाल जन समुदायको विचारमा जित हासिल गर्ने अवस्था देखिन्छ ।
स्थानीय स्तरमा सन्तुलन मिलाउन पाँच वर्ष अघि गत स्थानीय तहको चुनावमा उनी कुनै पदमा उपमेयर मेयर बन्न राजी भईनन् माग्न पनि मागीनन् ।
‘पार्टीको निर्णय नै सर्बोपरि हुनेछ’, चौधरी भन्छिन्, ‘टिकट पाए मँ भने मैले देश र जनताको सेवामा समर्पित भई काम गर्ने बाचा गर्दछु । यो अवधिभर मैले गरेको काम पार्टीले पनि मूल्यांकन गरेको होला ।’
ईतिहासमा १० वर्षको जनयुद्धमा बाल विद्यार्थी नेता ,बाल पत्रकार, थारु पत्रकारहरुमा पहिलो ईतिहास पत्रकारको ईञ्चाज हुन् ।
उनी लडाकु जनमुक्ति सेना कमाण्डर समेत बन्दै नेपाल कम्युष्टि पार्टि माओवादी केन्द्रको सातौ हेटौडा महाधिवेसनको पार्टिको केन्द्रीय सदस्य भएको अहिले आठौ केन्द्रिय महाधिवेशनवाट केन्द्रिय प्रतिनिधि भएको लुम्विनी प्रदेशको प्रथम अधिवेशनवाट लुम्विनी प्रदेशको प्रदेश सदस्य तथा प्रेस सेन्टरको केन्द्रिय सदस्य पत्रकारको नेता हुन् संगठनको नेता हुन् ।

मेनका २०६२मा युद्ध पत्रकारीता गर्दा तिन महिना नेपालगन्जमा जेलमा वस्दा जेलको चिसो छिडीमा बस्दा प्रहरी प्रशासन नेपाली सेना, शसस्त्र प्रहरी,प्रहरीले प्रहरी हिरासतमा संकटकालमा याताना दिदा समेत झुकीनन् ।
उनलाई बालीका भनेर अदालतले तिन महिनामा तिन पेशी बाट रिहा गर्यो । रिहा भएपछि लगतै उनी फेरी पार्टि सम्पर्कमा गएर निरन्तर पार्टिको साथमा रहि जनसमुदायको पक्षमा जनपत्रकारीता गर्न लागीन् ।
उनी वहादुरहरुलाई जेलले इस्मात वनाउँछ क्रान्तिकारी हरुका निम्ती जेल, हातमा हत्कडी खुट्टामा नेल, क्रान्तिकारीहरुका निम्ती जेल भन्ने विचारले जेल जिवन पछि उनी अभैmनै इमास्ट भएर युद्ध मै जनसेवाको लागि होमीएकी थिएन् ।
उनी हारे हत्कदी हातमा जिते यो सिगाँे संसार भन्दै पछिल्लो मागमा पार्टि क्रान्तीले दिएको हरेक मोर्चाको काम पार्टिको तथा जनताको काम होभन्दै काम गरिदै हिडीन् पार्टिको काम र पार्टीले दिएको सम्पुर्ण जिम्मा पनि सामलिन्न काम त भईहाल्छ गर्छु भनेर सधै देश र जनताको पक्षमा निरन्तर संघर्ष गर्दै हिडिन् , विगत जनयुद्धमा उनले निर्वाह गरेको भूमिका पनि कम साहसी र गौरवपूर्ण छैन् । जनयुद्धकी बालीका बाल विद्यार्थी नेता देखी लिएर, बाल पत्रकार ,बाल सेना ,बाल कलाकार, बाल पत्रकारको ईञ्चार्ज कमाण्डार साहासी कमाण्डर भन्थे उनै थिइन् उनी ।

जनयुद्धकी बाल विद्यार्थी नेतृ,बाल पत्रकार ,बाल सेना,बाल कलाकार मेयरबन्ने
यो त्यति बेलाको प्रशंग हो,जब उनी मात्र १२ वर्षकी थिइन् । ०५२ सालमा गाउँका ठूला–बडा र पाकाहरू ‘माओवादीले युद्ध थाल्यो रे’ भन्दै बात् मार्थे ।
बस्तीमा एक किसिमको सन्नाटा छाउथ्यो । गाउँकै केही युवा मृत्यु वा मुक्तिका कुरा गर्न हौसिएका थिए । तर बाला पनमै रमाइरहेकी मेनकाका लागि ‘दीर्घकालीन जनयुद्धको बाटोमा लामबद्ध होऔं’लगायतका माओवादी नारा भेउ पाउन मुस्किल थियो ।जब रात पथ्र्यो,मेनका सहितका टोली हातमा रंगरोगन बोकेर विद्यार्थीहरुले आफन्ै स्कुलमा आफु बाल विद्यार्थीका नेता भएर नारा लेख्दै भित्तो रंगाउन कस्सिन्थ्यो उनी सुनाउनीछिन्।
मेनका माक्सर्वाद, लेनिनवाद, माओवादका नारा पेन्टिङ गर्थिन् । नारा लेखे पनि उनलाई त्यसको अर्थबोध थिएन् ।
लहैलहैको रोमाञ्चक यात्रा थियो त्यो उत्पीडित र पिछडिएका वर्गको मुक्ति र शोषकहरु विरुद्धमा लेखिएको नारालाई मूल रूपमा उठाएको माओवादीले थारू समुदायमा राता रात प्रभाव छाड्यो । विशेषतः युवायुवतीका थारूमहिलामाथी शोषण दमन हुदाँ उनीहरुको मुक्त जीवनको सपनाले उद्धेलित भईन् उनी लड्ने विचारले लयस भई क्रान्तीको नारा लेख्थीन् र उनीहरु राति–राति क्रान्तिकारी माओवादी र दिउँसो सोझा सीधा किसान कि पक्षमा आवाज उठाउठीन्उनी मास्तरकी छोरी थिइन् ।

सो कुराको मेसो मेनकाले तब पाइन् जब गाँउकै रामचरण थारु ,विष्णु थारु सगुन लाल थारु भिम थारु रुपलाल थारु ,धनिराम थारु, मोहन थारु, जितराम थारूले एक दिन उनलाई ‘वाल पेन्ट’ गरिदिन सहयोग मागे ।तिमी नानी नारा लेख भनेर पोस्टर लेख व्यानर लेख पेन्टीङ्ग गर भने।

अब मेनकाको दैनिकी फेरियो । जब रात पथ्र्यो, मेनका सहितका टोली हातमा रंगरोगन बोकेर नारा लेख्दै भित्ता रंगाउन कस्सिन्थीन् ।
मेनका माक्र्सवाद, लेनिनवाद, माओवादका नारा पेन्टिङ गर्थिन् । नारा लेखे पनि उनलाई त्यसको अर्थबोध थिएन् । लहैलहैको रोमाञ्चक यात्रा थियो त्यो । अक्षर कुदिएको देख्दा उनी दंग पर्थिन् । उनी आफ्नो पहिलो विद्यार्थी नेता हुन्थीन् ।

वर्घर हंसराम थारुको (मुखिया)को नातीनी, श्री किसान मावि फच्कहवाको प्रधानअध्यापक जितराम थारु र सोभनी थरुनीको कोखवाट जन्मेको पहिलो छोरी हुन् । मान्छेहरू खास खुस गर्थे– माओवादी आएछन्, अब के–के हुने हो ?

आफूले लेखेका नाराले पूरा गाउँ तरंगित हुन थालेपछि मेनका सोच मग्न भईन् र हुनथालिन् ।
आखिर के हो यो जनयुद्ध, को हुन् माओवादी ? हजुर वुवा मुखियाँ सँग वर्घर सँग सोध्ने गर्थीन् माओवादी भन्ने प्रश्न उनको मानसपटलमा घुम्न थाल्यो । यही प्रश्नको उत्तर खोज्दै जादाँ उनको माओवादी यात्रा विधिवत् रूपमा शुरू भयो, विद्यार्थी नेतृ, कलाकारका रूपमा ।
गोरो वर्ण, छरितो जिउडाल, छिनेको कम्मर, डिम्पलवाला गाला अनि मोहनी मुस्कानकी धनी मेनका चौधरी कलाकारको पहिरनमा देखिन्थिन् उनी भाषणमा पनि, गित, गजल, नाच ,गानमा, दौडमा खेलमा, जनमुक्ति सेनाको तालिमामा भाग लिने साविकको धधवार गाविसको वडा नम्वर ८फच्कहवा स्कुलमा पहिलो विद्यार्थी हुन्थीन् ।
उनी श्री किसान माविमा पछि, जनसेवा उच्च माविमा अध्यनन गर्ने क्रममा बाल विद्यार्थी नेताको रुपमा मञ्चमा उनको प्रस्तुतिले दर्शक जुरुक्कै पर्थे र लुकी–लुकी ठाँउ–ठाँउमा पुगेर साँंस्कृतिक कार्यक्रम देखाउदाँ–देखाउँदै उनमा माओवादीको अमिट छाप पर्यो ।
उनका लागि माओवादी अब रोमाञ्चक मै, ‘हारे हतकडी जिते यो सिगो संसार’ को भीष्म प्रतिज्ञा भयो । प्रहरी सँगको लुकामारी दिनचर्या बन्यो ।
प्रहरीको धरपकडका कारण माओवादी नेता कार्यकर्ता मारिने, पक्राउ पर्ने र पलायन हुने परिस्थिति एकातिर थियो । भने अर्कोतिर दमन विरुद्ध प्रतिरोधको मनोविज्ञान पनि पैदा भएको थियो । यसै मेसोमा बाध्यता मै नै सही, मेनकाले गाउँका आफूभन्दा पाकालाई राजनीतिक कुरा अर्थाउन थालिन् ।

मेनकाले टोली सहित आफ्ना छिमेकी र आफ्न्तकोमा जान्थिन् । सुराकीको डरले बाहिर जान डर थियो ।
उनले ‘सामन्ती सत्ताको विरोध, सर्वहाराको उन्मुक्ति लगायतका चोटिला मुद्धाले आफन्त र छिमेकीको मन जितिन् ।
नेकपा माओवादीले आयोजना गर्ने सांस्कृतिक कार्यक्रमले उत्पीडि़त समुदायलाई थप आकर्षित बनाउन थाल्यो । सोही क्रममा भाषन गर्ने कलागलाद्धारा आफनो प्रस्तुती गर्थीन् ।
‘जुरुक्कै बनाउने गीत संगीत र जनताको दैैनिक जीवनसँग जोडिएका मुद्धाकै कारण जनयुद्धका पक्षमा जनलहर उर्लिदै गयो,’ मेनका सम्झिन्छिन् ।
आफन्त र छिमेकीमा सीमित नभएर चौधरी लगायत अन्यय विद्यार्थीहरुले वैचारिक राजनीतिक भेला गतिमा फैलँदो थियो । उनी अग्रगामी छलाङ अभियानका लागि जुम्मा हुम्ला, कालिकोट ,जाजरकोट, दैलेख, अछाम, सुर्खेत लगायत पहाडी भूगोल रेडियो डोकोमा कााम गर्न पनि पुगिन् ।
सेनाको घेराबन्दीमा कयौ लडाई लड्नु पर्यो लडिन् पनि धेरै युद्ध मोर्चामा भाग लिएन् । तर हतास भइनन् ।सँगैको साथी सवै काम गर्दा शहीद भएको सम्झना गर्दै उनी भकानु भोरदै रुदै भनीन् ।
आफै आखाँ अगाडी साथीहरु शहिद भए रगतको आहाल घाईते अपाङ्ग वेपता लाई सम्झदाँ उनी भकानी उनको गहँभरी आखामा आसु भएर पनि ओठमा मुस्कान लिदै उनी भनिन् शहिदको सपना पुरा गर्न नडराई लडिरहे।
लडिरहने छु या मुक्ति या मुत्यु को कसम खाएको उनले वताइन् ।

सानै देखी माओवादीको विचारमा रहरहै रहमै हुदैँ हुदैँ हुकर्दै हुकने उमेरमै खाउखाउ लाउलाउ उमेरमा घर छोरेर जादा आमाले नजा छोरी भन्दै बच्चै छौँ छोरी भनेररोएको सम्झदै उनले भनीन् मेरी आमा सग कसम खाए या मुक्ति या मृत्यु हारे हत्कडी हातमा जिते यो सिगो संसार,।

राज्यको निगरानीमा रहेको माओवादी पार्टीको सँंगठन बनाउदै हिडेको देख्दा घर परिवार भने त्रसित थिए । भन्थे, ‘अब मरिहाल्छौं ।’

परिवार सामु मेनका अड्डी कस्थिन्, ‘मरे पनि मरौंला । तर, लक्ष्य प्राप्ति गरेरै छाडिन्छ ।’
कमलरी, बुक्रही र कमैया माथि हुने शोषणका कारण जमिन्दार प्रति आक्रोश
थियो ।
सोही आक्रोशलाई मेनकाले संगठन विस्तारका लागि ऊर्जाका रूपमा प्रयोग गरिन् । उनी गरिबका घरघर पुग्थिन् । र, भोलिको साम्यवादी सत्ताको सरोबरी समाजको सपना कहन्थिन् ।
उनी जहिले साइकलमा वायुको गतिमा उनी एक गाउँबाट अर्को गाउँ निमेषभरमा चिठी पुग्थिन् । झट्ट हेर्दा शहरिया खानदानमा सुखसयलमा हुर्केकी सुकोमल बालीका जस्ती देखिने मेनका जब शोषण विरुद्ध आगो ओकल्थिन्, सुन्नेहरू अवाक् हुन्थे ।

लुम्विनी प्रदेशमा आउनै १५ वर्ष
युद्धको राप र तापका कारण उनी छोटो अवधि मै प्रदेश तहकी नेत्री भइन् । ०६२ सालमा माओवादी थारूवान् प्रदेश सदस्य भईन् ।
जसै ०६२ सालमा माओवादी शान्ति प्रक्रियामा आयो, मेनकाको राजनीतिक बेग पनि तुलनात्मक रूपमा सुस्तायो । प्रदेशबाट केन्द्रीय प्रतिनिधिमा सदस्य पुग्न नै २२ वर्ष लाग्यो ।
माओवादीको राजनीति थालेको मेनका चौधरीलाई राष्ट्रिय राजनीतिमा स्थापित गरेको छ । अन्य थारू नेत्री पनि माओावादीका उदाएका छन् ।
तर युद्धमा ज्यानको बाजी थापेर माओवादीमा होमिएका थारू महिलाले भने नेतृत्वमा पुग्ने अवसर नै पाइरहेका थिएनन् । राजनीतिका २२ वसन्त पार गरेपछि मेनका चौधरी केन्द्रीय प्रतिनिधि त भईन् तर उनलाई यस पटक माओवादी सानो कमीटि वनाउदा उनी केन्द्रियस दस्यको दावेर थिइन् । तर पार्टिले दिएन् दिएको छैनन् ।
उनी शैक्ष्ँीाक योग्यता हेर्दा मास्टर डिग्रीमा राजनैतिक संकाय लिएर महेन्द्र वहुमुखी क्यापसमा नेपालगन्जमा अध्ययनरत छिन्, । भने महेन्द्र बहुमुखी क्यापसमा कानुन संकायमा अध्ययन गर्दै छिन् ।

( उनलाई सफल युद्धको बाल नेता, पत्रकार भनेर चिन्छन्)

अब मेनका यात्रा मेयरतर्फ सोझिएको छ । सार्वजनिक ओहदामा प्रेस सेन्टर नेपालको केन्द्रीय सदस्य, नेकपा माओवादी केन्द्रको लुम्विनी प्रदेश समीति सदस्य,लुम्विनी प्रदेशको सञ्चारीका समुहको महासचिव ,नेपाल पत्रकार महासंघ वर्दियाको उपाध्यक्षको जनयुद्धको दोको एफएमको भेरीकणार्ली प्रसारण केन्द्रको पहिलो युद्ध पत्रकार ,जनदिशा राष्ट्रिय दैनिक, जनदेश पत्रिकाको पत्रकार,राष्ट्रिय समाचार समीतिको पत्रकारको रूपमा पहिलो पटक परीक्षित मेनका स्थानीय स्तरमा प्रिय छिन् ।
विपक्षी सँग सहकार्य गर्न सक्नु र थारू समुदायमा अवल महिला नेतृ महिला पत्रकार सवै सँग पनि सहज घुल्न सक्ने उनको खुबी प्रशंसा लायक छ ।

मेनका विपरीत विचार सँग राजनीतिक रूपमा संघर्ष गर्ने तर व्यवहारिक रूपमा सहकार्य गर्ने स्वभावका कारण जातिवाद भन्दा माथि उठेकी छन् । व्यवहारिक र परिपक्क नेत्रीका रूपमा स्थापित छिन् ।

मेनका बालिका हुदा बाल नेतृ बाल पत्रकार हुदाँ देखी विभिन्न रूपमा समितिको नेतृत्व सम्हाल्ने क्रममा उनले जटिल कुराहरुलाई पनि व्यवहारिक रूपमा हल गरेर आफ्नो खुबी प्रष्ट गरेकी छन् ।
बारबर्दियाका महिलाको उन्नयन, बाटो घाटो, विकासका लागि उनले बितेका २२ वर्षमा सारथिको भूमिका निर्वाह गरिन् ।आवाज विहीनहरुको पक्षमा आवाज उठाउने कलम चलाउने काम गरीन् ।
सार्वजनिक भवन निर्माण, वाटोघाटोको विकासको लागी पुलपुलेका निमार्णको लागी वजेट माग गर्दै पिछडिएका वर्गमहिलाहरुका लागि निःशुल्क शिक्षा, अभिभावक विहीन बालबालिकाका लागि संरक्षण स्थल स्थापना गर्न माग गर्दै ,सडक निर्माण र विस्तार, पिछडिएका वर्ग जात–जातिलाई विभिन्न किसिमका काुनन समवन्धी राजनीतिक अधिकार सम्वन्धी महिलाहरुलाई महिलाहरुको हक अधिकारको आवाज उठाउर्दै तालिमहरु समेत दिदै कोभिड नियन्त्रणमा सहयोग गर्दै विभिन्न रूपमा मेनका चौधरीले धेरैको मन जितेकी छन् ।
पदीय हिसाबले पार्टिको नेता तथा पत्रकार भए पनि उनलाई धेरैले माया गरेर दिदी÷बहिनी र छोरी भन्ने गर्छन् । तिमि मेयर वन्नु हामी सहयोग गछौ त्यसैले उनी मेयर वन्ने अठोटमा पार्टि सगठनको काममा गाँउ नगर घरघर पार्टि संगठनको सुदृद्धिकरण अभियानमा लागेर ठाँउ ठाँउमा पार्टि सदस्य सक्रिय सदस्य जवस मोर्चा वनाउदै उनले गाँउ नगर घरघर जाँउ भन्दै सेल कमीटि, टोल कमीटि, वडा कमीटि, नगरकमिति वनाउदै रातदिन भेला गोष्ठी वैठक प्रशिक्षण छलफलमा व्यस्त छिन् ।
उनको दैनीक यसै गरी विटेको छ उनी मेयर लड्ने तयारीमा जुटेकी छिन् । उनी भन्नीन पार्टिले टिकट दिए पाएमा यस वर्ष २०७९को अव हुने चुनावमा अव हुने बदियाको वारबर्दिया नगरपालिका वडा नम्वर ११फच्कहवाबाटउम्मेद्धारीदिदै वताउदै उनले भनीन् । उनको मतदाता फच्कहवामा नामवली रहेको छ उनी अव मेयर लड्ने तयारीमा जुटेको छिन्।

  • ५ बैशाख २०७९, सोमबार प्रकाशित
  • Nabintech