८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
बालसुधार गृहलाई संचार सामाग्री हस्तान्तरण
  • न्युज डेस्क

    २९ चैत्र २०७८, मंगलवार

(नेपालगन्ज)
कानुनी परिबन्दमा परेर बाल सुधार गृहमा रहेका बालकहरुका लागी ल्यापटप, स्पीकर र प्रोजेक्टर लगायतका संचार सामाग्री हस्तान्तरण गरिएको छ ।
सुधार गृहमा रहेका बालकहरुले भिडियो सम्बाद मार्फत कानून ब्यवसायीसंग मुद्धाको बारेमा परामर्श गर्न र घरमा रहेका आफन्तसंग भिडियो कुराकानी गर्न सहज होस भन्ने उदेश्यले मंगलबार संचार सामाग्री उपलब्ध गराईएको एडभोकेसी फोरमका वरिष्ठ प्रदेश संयोजक बसन्त गौतमले बताए ।
फोरमले यस अघि पनि लत्ताकपडा, खानेपानीको फिल्टर, खेलकुद सामाग्री, कम्युटर, इन्टरनेट लगायतको सहयोग गर्दै आएको संयोजक गौतमले सुनाए ।
संचार सामग्री हस्तान्तरण कार्यक्रममा बाँके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारी, बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, जिल्ला बार एसोसिएसनका अध्यक्ष जनक बहादुर शाही, बाल सुधार गृहका इन्चार्ज बिमला काउचा मगर लगायतको उपस्थिति रहेको थियो ।
बाके जिल्ला अदालतका न्यायाधीश खडानन्द तिवारीले बालन्याय कार्यबिधि अवलम्बन गरि न्याय सम्पादनमा अदालतले काम गरिरहेको उल्लेख गर्दै अदालतले आदेश गरे बमोजिम कागजात आउनमा ढिलाई हुदा १२० दिन भित्र मुद्धाको फैसला गर्नमा समस्या भएको बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले बालकहरु सुधार गृहबाट बाहिर निस्क्दा सुधारिएर असल नागरिक बनाएर पठाउने वातावरण बनाउनु पर्नेमा जोड दिए ।
बाल सुधार गृहकी इन्चार्ज बिमला काउचा मगरले आफु कर्मचारी भन्दा पनि बालबालिकाको आमाको ब्यवहारले सुधार गृह संचालन गरेको बताईन ।सुधार गृहका लागी बिद्यालय दर्ता प्रक्रियामा रहेको जानकारी दिदै इन्चार्ज मगरले बालसुधार गृहमा ८ कक्षा माथी पढ्ने बालकहरु पनि रहेकाले सबै बालकहरुले बढ्ने वातावरण बन्न सके बालकहरुको शिक्षामा टेवा पुग्ने भनाई राखिन । ‘क्षमता भन्दा बढी बालकहरु हुदा बालकहरुको बसाईमा कठिनाई भएको छ ’ इन्चार्ज मगरले भनिन्,‘नया भवन सम्पन्न भए केही सहज हुने छ । तर एउटै धारा हुदा बालक नुहाउन पालो पर्खनु पर्ने ढल निकाल नुहदा नालीको समस्या हल हुन सकेको छैन्।’
सुधार गृहमा क्षमता भन्दा बढी बालक राखिदा त्यहा रहेका बालकहरु कष्ठकर दैनिकी बिताउन बाध्य भैरहेको गुनासो गरे । ७० जनाको क्षमता भएको बालसुधार गृहमा हाल १८३ जना बालकहरु रहेका छन् ।

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech