१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
महिलाहरुमा नेतृत्वको दाबि
  • न्युज डेस्क

    २९ चैत्र २०७८, मंगलवार

नेपालगन्ज
गाउ देखि चोचोकमा चुनावको माहोल छ । राजनीतिक दलहरु चुनाबि अभियानका लागि भेला बैठक सभा गरीरहेका छन् । राजनीतिक दलहरू आ–आना पक्षमा माहोल बनाउन सक्रियताका साथ निर्वाचनमा होमिएका छन् । दलहरू पनि माहोल आफनो पक्षमा लिन वडास्तरसम्म खटिएका छन् । कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, राष्ट्रिय प्रजातन्त्र , जसपा पार्टी लगायत दलहरू पनि निर्वाचनमा जुटिसकेका छन् ।
स्थानीय चुनाव नजिकिदै गर्दा महिला उम्मेदवार खोज्ने र बनाउने अवस्था भने अहिले छैन् । महिलाहरू नेतृत्व लिन तयारी अवस्थामा रहेका छन् । महिलाहरु स्वतह नेतृत्वको दाबि गरीरहेका छन् ।
भुमिसरा धिताल जानकी गाउपालिकाकी उपाध्यक्ष हुन् । २०७४ को स्थानीय निर्वाचनमा नेकपा एमालेको सूर्य चिह्नबाट उपाध्यक्षमा विजयी भएकी धिताल अबको निर्वाचनमा पालिका प्रमुखको दाबि गरेकी छन् । अध्यक्ष रामनिवासको निधन पछि कार्यबाहाकको भुमिकामा रहेकी उनले अबको नेतृत्वमा पुग्ने आट गरेकी छन् ।
साढ चार बर्ष उपाध्यक्ष मात्र होइन् अध्यक्षको कुर्सीमा बसेर जनताका काम गरीयो जनताको सेवामा पाच वर्ष बित्यो’उनले भनिन् ,नेतृत्व लिन सक्ने भएपछि यो साहस गरेकी हु ’
त्यसैका लागि उनी प्रचारमा खटिएकी छन् । एकातिर स्थानीय तहको काम अर्कोतिर निर्वाचनमा खटनुपर्ने बाध्यता छ । ‘उपाध्यक्ष भएर पनि पालिकामा समन्वयकारी भुमीका पनि निभाइयो अहिले कार्यकारी भएर अनुभव लिदै छु। उनले भनीन् ,‘परिस्थीति र अवसरले नै बाटोहरु निर्माण गर्नुे हुन् । गर्न नसक्ने भन्ने केहि कुरा हुदैन् ।

पाच वर्षको अवधिमा विकास निर्माणका संगै भदौ १२ गते प्रमुखको निधन भएपछि उनले जानकी प्रिप्रहवाको १६ किलोमिटर सडक जानकी गाउपालिकाको भवन् । १५ शैया अस्पताल आफनै पहलमा निर्माण गरीन् । बालविवाहमा सुधार, कोरोना महामारीमा जनताको साथमा भइन् । शिक्षा, स्वास्थ्य, युवा, कृषिका क्षेत्रमा गरेको कार्य प्रभावकारी बनेको उनले बताइन् ।
नेपालगंन्ज उपमाहनगरपालीका उपमेयर उमा थापा मगर एक कार्यकाल उपमेयर भइसकेकाले स्वभाबीक रुपले अबको उम्मेदवारी मेयर हुने बताइन् । २०७४ सालको निर्वाचनमा काग्रेस पाटी बाट उपमेयरको टिकट पाएकी मगरले पाच बर्ष सिकाइ र अनुभवमा बितेकोे सुनाइन् ।
चुनौती भए पनि त्यसलाई अवसरमा बदलेर निकै अभ्यास गर्न पाइएको उनको भनाइ छ । ‘पाच बर्ष सम्म धेरै जिम्मेवारी कुशलता पुर्वक निभाइयो जानेर सिकेर धेरै काम आफै गरीयो जसले आत्मविश्वास र मनोबल दुबै बढाएको छ ।’ ’मगरले भनिन् ,यो अनुभव लाइ नेतृत्व हाक्ने अवसरमा सदुपयोग गर्न चाहन्छु त्यसैले ।नगरको अगुवाइ गर्न मेरो पार्टी नेपाली काग्रेस दाबी प्रस्तुत गर्नेछु । पार्टीले मेरो क्षमता माथि शंका गर्दैन् भन्ने भरोसा लिएको छु ।’

नेपाली काग्रेस बाट उपमेयर जितेकी कोहलपुर नगरपालिकाकी उममेयर सन्जु कुमारी चौधरीले आफुले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक पूरा गरेकाले मेयरको नेतृत्व तहको भुमिका लिन गर्न अग्रसर रहेको बताइन् ।
‘पाच वर्षको जिम्मेवारी विभिन्न उतारचढावका बिच काम गरीयो लडदै सिक्दै आइयो ।बिद्रोहले झनै नेतृत्व बिकास गर्न भुमिका खेल्यौ, ‘ चौधरीले भनिन् ,‘मैले पाच वर्षे कार्यकालमा चुनौतीलाई अवसरमा बदलेर हाँसिल गरेको सिकाइ अनुभवबाट अब प्रमुखको दाबी गर्न सक्ने भएको छु ।’
दलहरुले महिलालाइ सुरुमा उप पदमै सीमित राख्न नहुने उनको बुझाइ छ । केहि सक्षम महिलालाइ प्रमुख पद दिएर पुरुषमा उपमा राख्न पनि दलहरुले सक्नुपर्छ ।
उपाध्यक्षलाई न्यायिक समितिको संयोजक, जिम्मेवारी अनुगमन समितिको संयोजक, राजस्व परामर्श समितिको संयोजक, बजेट बनाउनुपर्ने, संघसंस्थासंग समन्वय गर्नुपर्नेसहित ११ भन्दा बढी समितिको संयोजकको जिम्मेवारी छ ।
एक पार्टीबाट अध्यक्ष वा उपाध्यक्ष, प्रमुख वा उपप्रमुखमध्ये एक महिला अनिवार्य हुनुपर्ने बाध्यकारी संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष उपप्रमुख पदमा महिलालाई नै उम्मेदवार बनाइयो र अधिकांश स्थानीय तहमा उनीहरू निर्वाचित पनि भएका छन् ।
बाके जिल्लामा ८ स्थानीय तहमध्ये महिला उप पदमा निर्वाचित भएका छन् । विगतका अनुभवलाई हेर्ने हो भने कुनै दलले मेयर वा प्रमुख पदमा महिलालाइ अवसर दिएनन् ।
दलहरुले महिलाहरु लाइ उपमै सीमित गराए महिलाहरुलाई नेतृत्वमा पुग्नै दिएनन् ।प्राध्यापक डाक्टर जनार्दन आचार्यले भने ,‘यहा पनि पृतीसत्ताले काम गरयौ महिला पुरुष भन्दा माथि जानु हुदैन् भन्ने मेन्टालीटिले काम गरयौ ।

एक मायाबिक खजुरा गाउपालिकााकी उपाध्यक्ष हुन् ।एमाले बाट २०७४ सालको स्थानीय तहको निर्वाचनमा उपाध्यक्ष जितेकी उनी अबको निर्वाचनमा पालिका प्रमुखको आकांक्षी देखिएकी छन् ।
गाउपालिकाको विकास, परिवर्तनका लागि अहोरात्र खटिदै आइरहेकी उनी कामसँगै निर्वाचनमा होमिएकी छन् । एकातिर संगठन् पाटि जिताउने प्रचारको अभियान छ। अर्काे तिर गाउपालिकाको कार्यभार यी दुबै काम संगसगै गर्नु छ ।
‘पाच बर्ष सम्म धेरै सिकाइ भयो एउटा गाउपालिकाको नेतृत्व गर्ने साहस त्यसै जुटेको होइन् ’ ’उनले भनिन्,‘संबिधान एन नियम टेकेर स्थानीय तह महिला सहभागिता स्थापीत गर्न यो पहल आपश्यक छ।’
राजनीतिक दलहरू आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनको तयारीमा जुटेका छन् । दलहरु चुनाबी अभियानमा जुटिरहदा उप महिलाहरु दाबि मागका स्वरहरु उठनु यो एउटा उपलब्धी पनि हो ’स्थानीय शासन बिज्ञ मिन बहादुर मल्ले भने ,‘दिनु र माग्नु दाबि गर्नुमा फरक छ यसरी आफना मागहरु प्रस्तुत गर्दा महिलाहरु नेतृत्व लिन सक्षम भइसकेका छन् भन्ने पुष्टि गर्छ ’अब यी दाबि बिरोधहरु आआफनो दलहरु सम्म पुरयाउन महिलाहरु चुक्नु हुदैन् ’

 

  • २९ चैत्र २०७८, मंगलवार प्रकाशित
  • Nabintech