७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
मानवबेचबिखन बिरुद्ध क्रियाशील संघसंस्थाका अनुभव आदानप्रदान
  • न्युज डेस्क

    १७ चैत्र २०७८, बिहीबार

(नेपालगन्ज)

नाइजोरिया र नेपालमा रहेका गैरसरकारी संस्थाहरुले बालबालिका र महिला उत्पीडनको क्षेत्रमा कार्य गर्दा अपनाएका रणनिति ,कार्य र त्यसको प्रभावकारीता बारे भर्चुअल माध्यमबाट नेपालगंन्जमा छलफल गरीएको छ ।

बाकेमा रहेका मानवबेचबिखन बिरुद्ध क्रियाशील संघसंस्थाको सहभागितामा
नाइजेरिया र नेपालमा रहेका गैरसरकारी संस्थाहरु ले मानव बेचबिखन बिरुद्ध आफनो आफनो कार्य अनुभव बिशेषता सम्बन्धीत सरकारी  निकाय  नागरीक समाज निती निर्माता र पिडित स्वयम संग काम गर्दाको सहजता ,चुनौती सिकाइ बारे बुधबार छलफल गरीएको हो

ओपेन युनिर्भरसीटि ओकेको नेतृत्वमा कार्यक्रम गरीएको शान्ति पुर्नस्थापना गृह नेपालगंन्ज जिल्ला कार्यक्रम संमयोजक निर्मल सुबेदीले बताए । उनले यस्ता छलफल ले आगामी दिनमा मानवबेचबिखन बिरुद्ध रणनिती बनाउन तथा नियन्त्रण रोकथाममा सहजता ल्याउने बताए ।

कार्यक्रममा नेपालका तर्फबाट संस्थाका निर्दैशक सुमन सापकोटाले आफनो धारणा राखेका थिए । कार्यक्रममा क्षेत्रिय समयोजक भुमिराज भटराइ , नेपालगंन्ज उपमहानगरपालिका महिला बालबालीका शाखा प्रमुख शोभा शाह ,कानुन ब्यबसायी सुनिता शर्मा ,शत्ति समुहकी निर्मला पौडेल ,सानाहातहरुकी अम्बिका थापा लगायतको सहभागिता थियो ।

  • १७ चैत्र २०७८, बिहीबार प्रकाशित
  • Nabintech