१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
दक्षजनशक्ति उत्पादन गर्न सार्वजनिक र निजी क्षेत्रले संकल्प गरौं – शिक्षामन्त्री
  • न्युज डेस्क

    २२ फाल्गुन २०७८, आईतवार

नेपालगञ्ज
शिक्षा, विज्ञान तथाप्रविधिमन्त्री देवेन्द्र पौडेलले दक्षजनशक्ति उत्पादनमा सार्वजनिक तथा निजी शिक्षण संस्थाले संकल्पगर्नुपर्ने बताउनुभएको छ । निजी तथा आवासीय विद्यालयएशोसिएसन नेपाल (नेशनलप्याब्सन) को नेपालगञ्जमा जारी सातौं महाधिवेशनमा बोल्दै सार्वजनिक तथा निजी शिक्षण संस्थाले दक्षजनशक्ति उत्पादन गर्नेमा संकल्प गर्नु पर्ने बताउनुभयो ।
राज्यको ३० प्रतिशत व्यायभार बोकेको निजी शिक्षण संस्थाले विद्यार्थीलाई संस्कार र संस्कृतिसिकाउनुपर्ने बताउँदै वर्तमान अवस्थामा संस्कार र संस्कृति हराउँदै गएकोमा चिन्ता व्यक्त गर्नु भयो ।“विज्ञहरुले नैतिकशिक्षा विषयका रुपमा राख्नुपर्छ भन्नुभयो भएको छ,” उहाँले भन्नुभयो, “आजभोलि समाजमा अरजकता, अश्लिता बढेर गएको छ, जिम्मेवारीबोध कमहुने, अधिकारको खोजीमात्रै हुने,आफ्नो भूमिकालाई विर्सर्ने संस्कार र सस्कृति बढेर गएको छ, यसलाई नियमनगर्ने भनेको शिक्षा हो ।”
शिक्षालाई व्यवस्थित गरी उत्पादनजनशक्तिलाई अनुशासनबनाउन सके बिग्रिदै  गएको संस्कार र संस्कृृतिलाई लयमा फर्काउन सकिने बताउनुभयो । मन्त्रालयले कुनै पनि शिक्षालाई विभेद नगर्ने बताउँदै बन्दै गरेका ऐनमा शिक्षामैत्री बन्ने बताउनुभयो ।
१० वर्षे शिक्षाका योजनाहरु सार्वजनिक गरेको बताउँदै मन्त्रीपौडेलले निजी क्षेत्रको सम्पत्ति सुरक्षा गर्ने राज्यको दायित्व भएको बताउनुभयो ।
राज्यको तर्फबाट प्रचलितकानुन अनुसार सबैलाई समेटर जाने बताउँदै उहाँलेप्रदेश र स्थानीयतहलाई अधिकार दिने विषयमा कञ्जुसाई नगर्ने बताउनुभयो ।“शिक्षकमहासंघ गरेको सहमतिले स्थानीयतहको अधिकार खोसियो भनिएको छ”, उहाँले भन्नुभयो, “नियमअनुसार प्रदेश र स्थानीयतहसँग समन्वय गरी अघि बढ्छौं, अधिकार खोस्दैनौं ।”
५५ बुँदे कार्ययोजना सार्वजनिक गरी नितिगत सुधारमालागेको बताउँदै मन्त्रीपौडेलले ७ सय ५३ स्थानीयतहमा प्राविधिक तथा बहुप्राविधिक शिक्षा पुर्याउने लक्ष्य रहेको बताउनुभयो । सार्वजनिक शिक्षण संस्थाहरुको भवनसँगै शैक्षिक गुणस्तरका लागि मन्त्रालयले योजना बनाएर लागेको बताउँदैआगामी तीन वर्ष भित्र सार्वजनिक विद्यालयका भवन सँगै आइसीटी बन्ने उद्घोष गर्नुभयो ।
संकल्प, लगनशीलता र अनुसासनले मात्रै शिक्षा प्रणाली सुधार्न सकिने बताउँदै एक अर्काले सम्मान गर्दै अघि बढ्नुपर्ने बताउनुभयो ।
आजदेखि शुरु भएको सातौं महाधिवेशनले भोलि नयाँ नेतृत्व छान्ने छ । २०५४ सालमा स्थापनाभएको संस्थाहाल ४७जिल्लामा फैलिएको छ ।

  • २२ फाल्गुन २०७८, आईतवार प्रकाशित
  • Nabintech