१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
सेनापति ट्रफी फुटबल उपाधी भैरवप्रसाद गण लाइ
  • न्युज डेस्क

    २० फाल्गुन २०७८, शुक्रबार

(नेपालगन्ज)

नेपालगंन्जमा जारी कमाण्ड सेनापति ट्रफी फुटबल प्रतियोगिताको उपाधी भैरवप्रसाद गण इमामनगर ब्यारेक राझाले हात पारेको छ । शुक्रबार नेपालगंन्ज रङ्गशालामा भैरवप्रसाद गण इमामनगर ब्यारेक राझा र चन्दनाथ गण मालिका ब्यारेक जाजरकोट बिच भएको फाइनल खेलमा आयोजक टिम भैरवप्रसाद गणले उपाधी हात पारेको हो । चन्दननाथ गण संंग भएको फाइनल प्रतिस्पर्धामा १–०ले भैरवप्रसाद गणले जितको उपाधी हासील गरेको हो निकै प्रतिस्र्धात्मक खेलमा भैरवप्रसाद गणका अनिस लामाले ५७औ मिनेटमा गरेको गोल नै उपाधीको लागि निर्णयक बन्न पुग्यौ । खेलभरी आयोजक टिम प्रतिस्पर्धी संग हाबी भयो । दर्शको हुटिङ्गले खेलको रौनक थप बढाएको थियो । भैरवप्रसाद गणले चन्दनाथ लाइ लिग चरणमा २ –० गोलले पराजित गरेको थियो ।

यो संगै उपाधि जितेको भैरवप्रसाद गण ,उपबिजेता चन्दनाथ गण ,मालिका ब्यारेक जाजरकोट ,तेस्रो भएको रणबम डडेल्धुरा र चौथो भएको रुद्रध्वज गण सिलगढी ब्यारेक प्रधानसेनापति ट्रफिमा छनौट भएका छन् । प्रतियोगिताको बिजेता उपबिजेता रेफी्र अन्य खेलाडी लाइ बाकेका प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्री, पश्चिम कमाण्ड सेनापति उपरथि प्रेम शाही, सहायक रथी टंकप्रसाद भट्ट ,श्री नं ४ बाहीनी अ◊ाका निमित्त बाहिनीपति महासेनानी उत्तमकुमार बिष्ट ,महासेनानी प्रज्वल रायमाझी ,भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी जनमत कार्की ,एन्फा लुम्बिनीका उपाध्यक्ष सुर्यमण्ी अधिकारी , बाके जिल्ला फुटबल संघका अध्यक्ष भोजराज शाही लगायतले पुरस्कार र सम्मानपत्र बितरण गरे । छनौट भएका चार टीम चैत १६ गते देखि जेठ २ गते सम्म हुने प्रधानसेनापति ट्रफीमा खेल्ने छन् । नेपालगंन्ज रंगशालामा बिहिबार भएको खेलमा भैरवप्रसाद गणले रुद्रध्वज गण सिलगढी ब्यारेक डोटी र चन्दननाथ गणले रणबम गण डडेल्धुरा लाइ पराजित गर्दै फाइनलको यात्रा तय गरेको थियो । भैरवप्रसाद गणको आयोजनामा मंगलबार देखि सुरु भएको प्रतियोगितामा पश्चिम कमाण्डका आठ वटा टिमले प्रतिस्पर्धा गरेका थिए । कमाण्ड सेनापति प्रतियोगितामा भैरवप्रसाद गण, नेपालगन्ज, नया सबुज गण, सुर्खेत, चन्दननाथ गण, मालिका ब्या रेक जाजरकोट, भवानी दल गण, तेघरी ब्यारेक कैलाली, भवानी बक्स गण, अछाम, नन्दबक्स गण, जुम्ला, रुद्रध्वज गण, सिलगढी ब्यारेक डोटी र रण बम गण, डडेल्धुरा सहभागी थिए ।

  • २० फाल्गुन २०७८, शुक्रबार प्रकाशित
  • Nabintech