(नेपालगंन्ज )
बाकेको नेपालगंन्ज उपमहानगरपालिका २ की बालिका १६ बर्षिय बालिका १० बर्ष पछि आफनो घर फर्केकी छन् । भारतको अल्मोडामा रहेकी उनि ६ बर्षको उमेरमा हराएकी थिइन् ।
करिव १० वर्ष अघि आफनै मामाले घरबाटै भारत पुर्याएका थिए ।
बालिका भारतको अल्मोडा जिल्लाको राजकिय बालगृह ‘किशोरी बख’ मा थिईन् । बालिकाको परिवारले दिएको जानकारी सहोदर मामाले बालिकालाई कोही नभएको मौका छोपी घरबाटै ‘चोरेर’ भारत पुर्याएका थिए ।
विगत तिन वर्षदेखी बालगृहमा बस्दै आएपनि उनको पहिचान गर्न समस्याका साथै कानुनी जटिलताका कारण सहजै फर्काउन कठिनाई भएको थियो । मामाविरुद्ध अदालतमा मुद्दा चलिरहेको र बालिका बालगृहमा रहेको भन्ने जानकारी घर परिवार कहा आइपुगेपछि मात्र घटनाको बाहिर आएको थियो ।
बालगृहले सरकारी प्रतिनिधीकै रोहबरमा बालिकालाई जिम्मा लगाउने बताएपछि नेपालगन्जबाट वडा नम्बर २ का वडाअध्यक्ष सुनिलसिंह हमाल, नेपालगन्ज उपमहानगरपालिकाका महिला विकास अधिकृत पवित्राकुमारी पुरी, निर्मला पौडेल, बाल अधिकारकर्मी सल्मान सल्मानी, परिवारका सदस्य लगायत ब्यक्ती केहीदिन अघि भारत पुगेका थिए । १६ वर्षीया ति बालिकालाई उनीहरुले नै उद्धार गरेर घर ल्याएका हुन् ।
‘डिएनएन परिक्षण रिपोर्ट मिलेपछि बालिका आफनो घरमा फर्किन पाईन, अब यिनलाई पुर्नस्थापना गर्नुपर्ने अवस्था छ,’ वडा अध्यक्ष सुनिल सिंह हमालले भने,‘ सबैको सहयोग र सहकार्यले बालिकालाई घर फिर्ता गराउन सफल भयौ ।