१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
बाकेमा चाँदी गहना नियन्त्रणमा
  • न्युज डेस्क

    २५ माघ २०७८, मंगलवार

(नेपालगंन्ज )
बाकेको जमुनाह नाकाबाट भन्सार छलेर नेपालगन्ज ल्याउदै गरेको ८ किलो २९६ ग्राम चाँदीका गहना सशस्त्र प्रहरी बलले नियन्त्रणमा लिएको छ ।
भारतीय यूपी ३२ इके८१९६ नम्बरको मोटरसाइकलमा लुकाएर जमुनाह नाका र नेपालगन्ज भन्सारका सुरक्षाकर्मीलाई समेत छलेर ल्याइएको ८ लाख ६७ हजार ७ १५ रुपैयाँ बराबरको चाँदीका गहना नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिइएको गहना र मोटरसाइकल नेपालगन्ज भन्सारलाई बुझाइएको छ ।तर चाँदी तस्करीमा संलग्न व्यक्ति भने मोटरसाइकल छाडेर फरार भएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित
  • Nabintech