१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
१८ बर्षपछि पति भेटिएपछि
  • न्युज डेस्क

    २५ माघ २०७८, मंगलवार

(नेपालगंन्ज )
सिन्दुर पोते अनि चुरा उनले कहिले लगाउन छोडीनन् ।पति फर्केर आउने दिनहरु पर्खदै उनले कैयो रात रोएर पनि बिताइन् ।पति बिनाको घर लाइ उनले आफनै संसार ठानीन् ।दिन महिना साल बित्दै गए । तर उनि फर्केर आएन््न । एकातिर पर्खाइको पिडा अर्काेतिर समाजको दिष्टीकोण । धेरै असहजता बाबजुत उनले आफना १८ बर्ष बिताइन् ।आफन्त घर परिवारले भर मान्न छाडे् । तर उनले आशा मारीनन् ।
१८ बर्ष देखि बेपत्ता पति भेटिएपछि रुपन्देहीकी देबि अर्याल नेपालगंन्जमा आइपुगेकी छन् । जहा उनका पतिले नया संसार बसाएका छन् । ‘मरेको मान्छेको यादले त सताउछ भने जिउदो मान्छे लाइ कसरी भुल्न् सकिन्छ’ देबिले भनिन् ,‘समयको मात्र के कुरा मेरो जिन्दगी माथि खेलवाड भयो ’।
देबिको १८ बर्ष अघि नवलपरासीका डिल्लीराज अर्याल संग प्रेम बिबाह भएको थियो । घरपरिवारको सल्लाहमा उनिहरुले आफनो प्रेम लाइ बिबाहमा परिणत गरेका थिए ।
पछि बिहे गरेको दुइ बर्षमै डिल्लीराज कमाउन बैदेशीक रोजगारीका लागि साउदी उडे ।परिवारको भबिष्यको लागि स्वदेशमा रोजगारको माध्यम नहुदा उनले बैदेशिक रोजगार रोजे ।

डिल्लीराज बिदेश उडदा ३८ बर्षिय देबि गर्भवती थिइन् । देबिको पेटमा चार महिनाको गर्भ थियो । बिदेश उडेको दुइ चार महिना फोन सम्पर्क भयो । बिस्तारै फोनहरु आउन छाडे । हुर्कदै गरेको गर्भ बढदै गयो । उनले छोरा लाइ जन्म दिइन् । पति नभएपनि ८ बर्ष सम्म सासुसुरा लाइ हेरेर उनले घर सम्हालीन् । त्यसपछि छोरा हुर्कदै गएपछि काम खोज्न थालिन । ८ बर्षपछि माइतीको नजिकै ज्याला मजदुरी गर्दै जिबिका चलाउन थालिन् ।
बाकेको बैजाथ गाउपालिका ६ सम्झना चोकमा बिबाह गरी घरजम गरी बसेको देखेपछि उनको आशाहरु सबै निराशामा परिणत भएको छ । उनका पतिले छोरा र पत्नी लाइ स्वीकार गर्न नसक्ने भनेपछि अहिले उनि न्यायको खोजीमा भौतारीरहेकी छन् । कहिले प्रहरी कहिले वकिल संग हारगुहार मागेकी छन् ।
१८ बर्ष सम्म कुनै सम्पर्कमा नभएको मान्छे एक्कासी घरजम गरी बसेको भटीए । उनले भनिन्‘ मेरो १८ बर्षसम्मको मेरो त्याग र पर्खाइको कुनै मुल्य नै रहेन् । ’देबिका छोरा अहिले १७ बर्षका भइसकेका छन् । कक्षा १२ मा पढछन् ।

‘छोराले बाउ हुदा पनि बाउको माया पाएन् ’उनले भनीन् ,‘पति हुदा पनि मैले पतिको साहारा पाइन् म माथि अन्याय भयो ।
डिल्लीराज अहिले बिबाहगरी बैजनाथ गाउपालिका घरजम गरी बसेका छन् उनका एक छोरा छोरी छन् । अधिवत्ता देबि माया खत्री पुरुषका गल्तीका कारण महिलाहरु नै मर्कामा परेको बताइन् । ‘बहुबिबाहका अधिकाशं घटनामा पुरुषकै गल्तीका कारण दुइ महिलाहरु अन्यायमा परीरहेका छन् ’उनले भनिन् ,‘ बहुबिबाहको मारमा पर्नेे महिलाहरुको संख्या बढदो छ’
बैजनाथ गाउपालिका ६ का वडा अध्यक्ष भद्र बहादुर बस्नेतले वडा सम्म छलफल नआएकाले आफुलाइ जानकारी नभएको बताए ।

  • २५ माघ २०७८, मंगलवार प्रकाशित
  • Nabintech