७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
किसान लाइ पेन्सन दिदै नरैनापुर
  • न्युज डेस्क

    १५ माघ २०७८, शनिबार

डेक्स न्युज ।
बाकेको नरैनापुर गाउपालिकाले किसान लाइ पेन्सन दिन थालेको छ। यो आर्थिक वर्षमा १२ किसान उत्कृष्ट भएका छन्। गाउपालिकाभित्रका ६ जना व्यवसायिक पशु पालक र ६ जना व्यवसायिक तरकारी खेती गर्ने किसानले पेन्सन पाएका हुन्।
उनीहरूले जनही २ हजार किसान पेन्सन पाएको गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले बताए।
‘गाउँपालिकाले उत्कृष्ट किसानलाई पेन्सन दिने नीति तथा कार्यक्रम लिएकाले त्यसलाइ माघबाट कार्यान्वयनमा ल्याएका हौ। ’ गाउपालिकाका प्रमुख प्रशासकीय अधिकृत बस्नेतले भने, ‘कृषि पेशाबाट अलग भएका किसानका हकमा पेन्सन रोक्का गरीने छ ’उनीहरूलाई मासिक दुई हजारका दरले वार्षिक २४ हजार पेन्सनबापत रकम दिइनेछ।
गाउपालिकाको कृषि शाखा प्रमुख सदन भण्डारीले उत्कृष्ट किसान छानेर पेन्सन दिन थालेको बताए। ‘व्यवसायिक कृषि खेती गरिरहेका कृषकलाई वार्षिक उत्पादन र कारोबारका आधारमा पेन्सन दिने व्यवस्था गरेका हौ ।’उनले भने, अहिले १२ जनालाइ समेटे पनि उत्कृष्ट किसान छनौट गर्दै संख्या बढाउदै लैजान्छौ ’
आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नै कृषक पेन्सन कार्यक्रम समावेश गरिएको थियो । गाउपालिकाले आगामी आर्थिक वर्षको कृषि तथा पशु क्षेत्रको विकासका लागि १ करोड ७३ लाख ४४ हजार रुपैया विनियोजन गरेको छ ।
‘कृषिमा राम्रो सम्भावना देखेर लगानी गरीरहेका छौ ’गाउपालिका अध्यक्ष इस्तियाक अहमद शाहले भने ‘गाउपालिका लाइ किसानमैत्री र कृषिमैत्री गाउपालिकाका रुपमा चिनाउन र किसानलाई प्रोत्साहन गर्नका लागि सो कार्यक्रम ल्याएको हौ। ’
वडा नम्बर ५ मा १९ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गर्ने हस्मत अली साई, सोही वडामा १४ कठ्ठा क्षेत्रफलमा तरकारी खेती गरेका हमिद मुकेरी, १२ कठ्ठामा तरकारी खेती गर्दै आएका वडा नम्बर ४ दौलतपुरका धनवीर थारु, १० कठ्ठमा तरकारी खेती गर्दै आएका वडा नम्बर २ का रामसुरत मौर्य र आरतीदेवी मौर्य, ५ कठ्ठामा तरकारी खेती गर्दे आएकी वडा नम्बर १ की कमला तिवारीले किसान पेन्सन पाएका छन्।
साथै २७ भैसी पाल्दै आएका वडा नम्बर ५ का हरिशंकर मुराउ, ६९ गाई र ५० बाख्रा पालेका वडा नम्बर ४ का छोटेलाल राढले, दुई गाई, २१ भैसी पालेका वडा नम्बर ५ का रामसुमत यादव, दुई हजार कुखुरा पाल्दै आएका वडा नम्बर ६ का अमरलाल मौर्य, पाँच गाई र ४९ भैंसी पाल्दै आएका वडा नम्बर ५ का वलियासार यादव, वडा नम्बर २ का जहाँ इफरान अहमदले पनि पेन्सन पाएको उत्कृष्ट भई पेन्सन पाएपछि किसानहरू खुसी छन्।

  • १५ माघ २०७८, शनिबार प्रकाशित
  • Nabintech