६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
चौतारीको सपथग्रहण तथा पदभार सम्पन्न
  • न्युज डेस्क

    १५ माघ २०७८, शनिबार

डेक्स न्युज ।
प्रेस चौतारी बाकेको नव निर्वाचित पदाधिकारी र सदस्यहरुको सपथग्रहण तथा पदभार शनिबार सम्पन्न भएको छ । गत पुस २८ गते सम्पन्न भएको ९ औ जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई शनिबार पदभार गराईएको हो ।
पुस २८ गते नेपालगन्जमा सम्पन्न जिल्ला अधिवेशनले दुर्गा रोकायको अध्यक्षतामा २७ सस्यीय कार्यसमिति सर्वसम्मत गरेको थियो ।

शनिबार निर्वाचन समितिले औपचारिक कार्यक्रमको आयोजना गरि अध्यक्ष रोकायसहित उपाध्यक्ष विनोद भट्टराई, उपाध्यक्ष महिला रेजिना मल्ल, सचिव कमल डांगी, सहसचिव देवेन्द्रराज पौडेल र भगतराम थारु तथा कोषाध्यक्ष जियाउल मुस्तफा तथा सदस्यहरुलाई सपथ ग्रहण गराउनुको साथै प्रमाणपत्र समेत वितरण गरिएको छ ।

प्रेस चौतारी नेपालका लुम्विनी प्रदेश सहइन्चार्ज रुद्र सुवेदीले नव निर्वाचित कार्यसमितिका पदाधिकारी र सदस्यहरुको सपथग्रहण गराएका थिए ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज सुर्य ढकाल, सहइन्चार्ज मो. हारुन, केन्द्रीय सदस्य शान्ति ढकाल, जिल्ला अध्यक्ष किस्मत कक्षपति सचिव रत्न खत्री लगायतको सहभागिता रहेको थियो । यसैबीच शनिबार नै बसेको पहिलो बैठकले संस्थापक अध्यक्ष रेशम विरही सिर्जनशिल पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ ।

  • १५ माघ २०७८, शनिबार प्रकाशित
  • Nabintech