७ चैत्र २०८१, शुक्रबार
७ चैत्र २०८१, शुक्रबार
गनापुरबाट कटुवा पेस्तोल सहित एक पक्राउ
  • न्युज डेस्क

    २५ पुष २०७८, आईतवार

डेक्स न्युज :
बाकेको गनापुरबाट कटुवा पेस्तोलसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका इलाका प्रहरी कार्यालय कोहलपुरले नेपालगन्ज १३ बस्ने पंकज कुर्मीलाई कटुवा पेस्लतोल सहित पक्राउ गरेको हो ।
आइतबार दिउसो साढे २ बजे नेपालगन्ज उपमहानगरपालिका वडा नं २० गनापुरबाट इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले कुर्मीलाई पेस्तोलसहित पक्राउ गरेको कोहलपुरका डिएसपी रविन्द्र खनालले बताए ।
बाके प्रहरीले पुष ६ गतेदेखि अहिलेसम्म १० थान हतियार बरामद गरेको छ ।
यस्तै ५५ राउण्ड गोली समेत बरामद गरेको छ । भरुवा बन्दुक ४ थान, पेस्तोल ३, दुई नाले बारबोर , भरुवा बन्दुकको नाल, लाइफ बुलेट, सट्गनलगायतका हातहतियार बरामद गरेको हो ।

 

  • २५ पुष २०७८, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    सूचना विभाग दर्ता नं. :