१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
एकै दिन २७ जनामा कोरोना सक्रमण पुष्टी
  • न्युज डेस्क

    २२ पुष २०७८, बिहीबार

 

डेस्क न्युज :
नेपालगन्ज नाकास्थित जमुनाह हेल्थ डेस्कमा कोरोना जाच गर्दा कोरोना सक्रमण पुष्टि हुने संख्या हवात्तै बढेको छ ।
बिहिबार मात्र भारतबाट आएका २७ जनामा कोरोना पुष्टि भएको नेपालगन्ज नाकाको हेल्थ डेस्कका ल्याब टेक्निसियन चिरञ्जीवी ज्ञवालीले बताए ।

भारतका शहरहरु बाट आएका ५ सय २६ जनाको परिक्षण गर्दा २७ जनामा कोरोना देखिएको हो ।
हेल्थ डेस्कका ल्याब टेक्निसियन ज्ञवालीका अनुसार भारतबाट आएका बाके सुर्खेत दैलेख, दाङ,, सल्यान,रुकुम, अछाम जिल्लाका छन् । उनीहरु भारतको दिल्ली, चेन्नाई, हैदरावाद, चण्डीगढ, गोवाबाट आएका हुन्।

कोरोना लागेका व्यक्तिमा खासै लक्षण भने देखिएको छैन।
उनीहरुलाई १० दिन स्वास्थ्यकर्मीको निगरानीमा राखिने छ । भारतमा कोरोना फैलिएको शहरका नेपालीहरु धमाधम घर फर्किन थालेका हुन् ।

  • २२ पुष २०७८, बिहीबार प्रकाशित
  • Nabintech