१५ बैशाख २०८१, शनिबार
१५ बैशाख २०८१, शनिबार
बाकेमा शितलहर बढदै
  • न्युज डेस्क

    २० पुष २०७८, मंगलवार

 

न्युज डेक्स :
गर्मीमा अति गर्मी र चिसोमा अति चिसोको रूपमा चिनिने बँकेमा शीतलहरले चिसो बढेको छ । चिसोले गर्दा दैनिक ज्यालादारी काम गरेर खानेलाई समस्या भएको छ । बिहानपख हिडडुल गर्नेको संख्या पनि घटदो छ । शितलहरसंगैको कुहिरोले गर्दा नेपालगन्ज विमानस्थलमा विहानका उडान पनि नियमीत हुन सकेको छैन् ।दुई दिनदेखि बिहान र साझ शीतलहरसगै कुहिरो लागेको छ । नेपालगन्जको तापक्रम घट्दै गएको छ ।
जल तथा मौसम विज्ञान विभाग हावापानी कार्यालयका अनुसार, नेपालगन्जमा न्यूनतम तापक्रम ८–९ डिग्रीमा झरेको छ । बिहान र साझ शीतलहरसँगै कुहिरो लागेपनि दिउसो केहीबेर मधुरो घाम देखिने गरेको छ । तर शीतलहरबाट जोगाउन स्थानीय तहले खासै चासो नदिएको सर्वसाधारणले गुनासो गरेका छन् ।
सर्वसाधारणलाई शीतलहरबाट जोगाउन गाउ र टोलको चोक–चोकमा आगो ताप्ने व्यवस्था मिलाउने योजना सम्म बनाएको बाकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताए ।
चिसो बढेसंगै स्थानीय प्रशासनले ठाउ ठाउमा आगो बाल्ने व्यवस्था मिलाउने तयारी गरेका छौ ’खत्रीले उनले भने,‘ तत्काललाई ५ हजार किलो दाउरा दिन वन कार्यालयमा पत्र पठाइसकेका छौ।’

 

  • २० पुष २०७८, मंगलवार प्रकाशित
  • Nabintech