१२ श्रावण २०८१, शनिबार
१२ श्रावण २०८१, शनिबार
महिलाको नेतृत्व लाइ स्वीकार गर्न अझै हिचकिचाहट
  • न्युज डेस्क

    २२ मंसिर २०७९, बिहीबार

(नेपालगंन्ज )

नेपालगंन्जमा बुधबार लैगींक हिंसां बिरुद्ध सवालमा कार्यक्रम आयोजना गरीयो । राष्ट्रिय मानव अधिकार आयोग बाकेका प्रमुख द्वारीका अधिकारी कार्यक्रमको अक्षता गरीरहेकी थिइन् । अरु बेला हुने कार्यक्रममा सहभागि भरीने हलमा धेरै कुर्सी खाली थिए ।
५० जना अटाउने हलमा मुस्कीलले २० जना थिए । कार्यक्रम सकिदै जादा हलमा १० जना पनि थिएनन् । बोल्दै हल बाट बाहिरीदै गए । अथितीमा दिर्घामा रहेका अथितीको भाषण सुन्न त्यहा सहभागि थिएनन् ।प्रशासन देखि प्रहरी प्रमुखको कार्यक्रममा उपस्थीति नै थिएनन् ।
‘हामी लैगिक हिसां बिरुद्ध दिवस मनाइरहेका छौ एउटा महिला नेतृत्व गरेको संबैधानीक संस्थाले गरेको कार्यक्रममा सरोकारवालाको उस्थीति नहुनु पनि महिला लाइ हेर्ने दिष्टिकोण प्रस्ट हुन्छ’ उनले भनिन्,महिला भएकै कारण महिला लाइ अवसर दिनुस भन्ने हाम्रो अभियान होइन् सक्षम महिला नेतृत्व तहमा रहेका महिलाको पनि सम्मान गर्नुस भन्ने हाम्रो चाहना हो । आउनु भएका सबै लाइ धन्यवाद नआउनुभएका लाइ पनि धन्यवाद । ’
कार्यक्रममा सहभागि सबैले लैगिक हिंसाको कारण अनि समाधानका बिषयमा बोलिरहे ।
‘हामी लैगिंक हिसां बिरुद्ध अभियान गरीरहेका छौ ।तर यहि समाज महिलाको नेतृत्वलाइ अझै स्वीकार गर्न सकेको छैन् हामी महिला लिडरसिपको कुरा त गछौ तर महिलाको नेतृत्व स्विकार गर्न आज पनि पुरुषहरु हिचकिचाउनुहुन्छ ’ कार्यक्रममा सहभागि नेपालगंन्ज उपमहानगरपालीका महिला बालबालिका शाखाकी आशा शाहीले भनिन् , आजको उपस्थीती पनि त्यसै चिन्तनको प्रतिफल हो ।’ कार्यक्रममा आएकाहरु अधिकाशं कार्यक्रममा सहभागि नभएर घाम तापिरहेका थिए ।
कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र लुम्बिनी प्रदेशका कार्यक्रम अधिकृत इन्सेक प्रतिनिधी सरस्वती मल्लले एउटा सबैधानीक आयोगले गरेकै कार्यक्रममा मानव अधिकारका क्षेत्रमा काम गर्ने सरोकारवालाको उपस्थीती देखिएन् ।‘ हाम्रा लागि यो कार्यकम्रम होइन् एउटा अभियान हो जहा सरोकारवालाको उपस्थीती हुदैन् यो दुरभाग्य हो , उनले भनिन् ,यो एउटा महिलाले गरेको कार्यक्रम होइन् आयोगले गरेको कार्यक्रम हो।’

नेपालगन्जमा बुधबार आयोजना गरेको ७४ औं अन्तराष्ट्रिय मानव अधिकार दिवस तथा लैगींक हिंसा विरुद्धको १६ दिने अभियानका सन्दर्भमा बाकेका सरोकारावालाहरुसंग गरिएको अन्तरकृयामा सहभागिले लैगिक हिसां बिरुद्धको अभियान मनाइरहदा हरेक क्षेत्रमा नेतृत्व गरेका महिलाले महिला भएका कारण बिभेद भोग्नु परेको बताए । लैगिक हिंसाको कुनैपनि घटनाहरुमा महिला र पुरुष दुबैको समान सहभागिता भएता पनि महिला नै पिडित हुने गरेका छन् ।अधिकार्मी तारा रोकायले भनिन् ,चरीत्रका नाममा महिला भएकै नाममा महिलाले लैगिक बिभेदको शिकार बन्नुपरेको छ ।’
कार्यक्रममा सहभागि कानुन ब्यवसायी बसन्त गौतमले लैगिक हिसामा पिडीत सबैका लागि न्यायको पहुच हुन आवश्यक रहेको बताए । अदालत देखी प्रहरी कक्ष पिडीत मैत्री हुन सके मात्र लैगिंक हिसाका घटना नियन्त्रण सम्भव छ ।’उनले भने,‘ हिसां भोगेका कसैले पनि म माथि हिसां भयो भनेर बोल्ने वातारण सिर्जना गर्नु सबैको दायित्व हो ’

 

 

 

 

  • २२ मंसिर २०७९, बिहीबार प्रकाशित
  • Nabintech