६ बैशाख २०८१, बिहीबार
६ बैशाख २०८१, बिहीबार
बाँके १ मा ढकालले जित्ने सम्भावना बलियो हुँदै
  • न्युज डेस्क

    १ मंसिर २०७९, बिहीबार

कोहलपुर,१ मङ्सिर–बाँके निर्वाचन क्षेत्र नं. १ मा नेकपा (एमाले) का उम्मेदवार सूर्य ढकालले जित्ने सम्भावना बलियो हुँदै गएको छ ।

चुनावी प्रतिष्पर्धामा सत्ता गठबन्धनका उम्मेदवार माओवादी नेता वहालवाला युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराज भन्दा एमाले उम्मेदवार ढकाललाई बाँके क्षेत्र नं. १ का जनताले रुचाएका छन् ।

अघिल्लोचोटि गहतराजलाई भोट दिएकामध्ये थुप्रै मतदाताले यसपालि उनलाई नदिने बताएका छन् । कति मतदाताले यसपालि उनलाई छाडेर ढकाललाई मत दिन्छन् भन्नेले यहाँ को विजयी हुनेछ भन्ने बलियो संकेत गर्नेछ ।

गहतराजले चुनाव जितेर गएपछि स्थानीयहरूको वास्ता नगरेको र निर्वाचन क्षेत्र आउँदा पनि आफू निकटका कार्यकर्ताहरूबीच घेरिएर बस्ने गरेको मतदाताहरू बताउँछन् ।

’चुनाव जित्नुभयो, मन्त्री हुनुभयो तर यो क्षेत्रको वास्ता गर्नुभएन,’ राप्तीसोनारी गाउँपालिका– ४ का एक स्थानीयले भने, ‘कहिलेकाहीँ निर्वाचन क्षेत्र आउँदा पनि निकटका स्थानीय कार्यकर्ताहरूबीच घेरिएर बस्नुभयो। हामी आममतदातासँग कहिल्यै कुनै विषयमा भेटघाट र छलफल गर्नुभएन।’

यसअघि २०७४ को निर्वाचनमा गहतराजलाई जिताउन खटिनुभएका एमाले केन्द्रीय सदस्य ढकाल अहिले राप्रपासँगको चुनावी तालमेलमा गहतराजलाई चुनौति दिनुभएको छ ।

बाँके निर्वाचन क्षेत्र नं. १ का मतदाताको रोजाई नयाँ अनुहार हुने गरेको छ । मतदाताहरुले हरेक निर्वाचनमा नयाँ अनुहारलाई चुन्ने गरेका छन् ।

यस क्षेत्रबाट विगतमा चुनाव जितेका अधिकांश व्यक्तिहरू प्रतिस्पर्धामा रहे पनि मतदाताको रोजाइ भने नयाँ अनुहार भएको पाइयो । यहाँका नागरिकले नयाँ अनुहारलाई रोजेको र विश्वास गरेको देखिएको छ । नागरिकले व्यक्ति मात्रै होइन, पटक पटक पार्टीसमेत नयाँ र फरक खोज्दै आएको नागरिक अगुवा डिलबहादुर परियार  बताउनुहुन्छ । ‘पूरानाले अपेक्षा अनुसारको भूमिका खेल्न नसकेकाले नयाँ विकल्प खोज्ने गरेका हुनसक्छ’, उहाँले भन्नुभयो ।

उहाँले जनताले सोचे अनुसार जनप्रतिनिधिहरु क्रियाशील नभएकाले नयाँ विकल्पको खोजी भएको हुनसक्ने बताउनुभयो । जनताको दुःखमा साथ दिने र जनताका काम गर्ने नेतालाईनै मत दिने मुडमा मतदाता रहेको उहाँको भनाई छ ।

२०७४ सालको निर्वाचनमा वाम गठबन्धनबाट विजयी गहतराजको दोहोरिने चाहनामा एमालेका युवा नेता ढकाल बाधक बन्दै पहिलो प्रयासमै नयाँ इतिहास रच्ने योजनामा हुनुहुन्छ । हालसम्मको कुनै पनि निर्वाचनमा सो क्षेत्रबाट एक पटक विजयी भएका उम्मेदवार अर्को निर्वाचनमा दोहोरिएको इतिहास छैन।

एमाले–राप्रपा तालमेलका साझा उम्मेदवार ढकालले बाँके क्षेत्र नं. १ का जनतामा चारैतिर परिवर्तनको लहर चलेकोले यसपटक आफु जितको नजिक रहेको दावी गर्नुभयो ।

‘दुई जना सशक्त उम्मेदवारमध्ये म बलियो र विजय नजिक छु ।’,उहाँले भन्नुभयो,‘यहाँका जनताले काम नगर्ने व्यक्तिलाई बोकेर हिँड्दैनन। ’

राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा नेकपा एमालेको संगठन राम्रो रहेको छ । राप्रपासँग तालमेल भएकोले सत्ता गठबन्धनभन्दा युवा नेता ढकालको निर्वाचन माहोल दैनिक रुपमा बलियो हुँदै गएको छ ।

यो निर्वाचन क्षेत्रमा एउटै व्यक्ति अपवाद वाहेक दोहोरिएर निर्वाचन जितेका छैनन् ।  विगतमा २०४८ मा नेपाली कांग्रेसबाट सैयद मैराज अहमद शाह, २०५१ र २०५४ मा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रेमबहादुर भण्डारी, २०५६ मा नेपाली कांग्रेसबाट ज्ञानु केसी, २०६४ मा नेकपा माओवादी बाट तिलक परियार, २०७० मा नेकपा एमालेबाट देवराज भार र २०७४ मा नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रको गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का महेश्वरजङ्ग गहतराज निर्वाचित भईसक्नु भएको छ ।

ढकालका प्रतिष्पर्धी उम्मेदवार गहतराजले आफूले गत पाँच वर्षमा जितेर गएपछि जनताका लागि काम नगरेको आफ्नो परिवार र नातावादमा फसेको यहाँका मतदाताको आरोप छ ।
गहतराजलाई गठबन्धन दल नेपाली कांग्रेसको भर रहेको छ । यो निर्वाचन क्षेत्रमा पर्ने कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिका स्थानीय तह निर्वाचनमा कांग्रेस विजयी भएको छ भने नरैनापुरमा जनता समाजवादी पार्टी निर्वाचित भएको छ । राप्तीसोनारी गाउँपालिका र कोहलपुर नगरपालिकामा नेकपा एमालेको संगठन राम्रो रहेको छ । यी दुई स्थानीय तहका ९ वडामा एमालेले जीत हासिल गरेको छ  ।

  • १ मंसिर २०७९, बिहीबार प्रकाशित
  • Nabintech