बाँके – मंसिर ०१ मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै बाँके बर्दिया लगाएत देश भरका नेपाल र भारतका सिमा नाका मंसिर १ गते राति १२ बजेदेखि मंसिर ४ गते राति १२ बजेसम्म सीमा नाका बन्द रहने छ ।
नेपाल भारत खुला सीमाका कारण निर्वाचनको बेला सुरक्षा चुनौती बढ्न सक्ने भएकाले सीमा सील गरिएको छ । यस अवधिमा नेपाल र भारतका सुरक्षाकर्मीले सीमा क्षेत्रमा संयुक्त रुपमा सुरक्षा गस्ती तीव्र पारेका छन् ।
निर्वाचनलाई स्वतन्त्र, स्वच्छ, निष्पक्ष, एवम् भयरहित वातावरणमा सम्पन्न गर्ने उदेश्यले सीमा नाका सील गरिएको जारी विज्ञप्तीमा उल्लेख छ ।। त्यसैगरी मंसिर ४ गते बिहान ५ बजेदेखि राति १० बजेसम्म अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन संचालनमा रोक लगाइएको छ । दमकल, एम्बुलेन्स, शव वाहन, खाद्य सामाग्री बोकेका सवारी साधन, स्वास्थ्य संस्थाका गाडी र निर्वाचन प्रयोजनका लागि अनुमति प्राप्त सवारी साधन बाहेक अन्य सार्वजनिक निजी तथा सरकारी सवारी साधन संचालनमा रोक लगाईएको छ ।