१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
लुम्बिनी प्रदेशका बालबालिकाहरु मानवबेचबिखनको उच्च जोखिममा
  • न्युज डेस्क

    २६ कार्तिक २०७९, शनिबार

(नेपालगन्ज)
लुम्बिनी प्रदेशका बालबालिकाहरु मानवबेचबिखनको उच्च जोखिममा रहेको पाइएको छ । बाके जिल्लामा आपतकालिन आवस गृहमा लुम्बिनी प्रथम र कर्णाली प्रदेश दोश्रो स्थानमा रहेको बताईएको छ ।
६० प्रतिशत बलबालिकाहरु सानै उमेरमा बालबिवाह गरेको समूहको तथ्यांकले देखाएको छ । बेचबिखनमा परेकाहरुको उमेर समूह विशेष गरेर २० वर्ष मुनीका बालिबालिकाहरु रहेका छन् । मानव बेचबिखनको जोखिममा जुन सुकै जात, धर्म, वर्ग लगाएत शिक्षित वर्गहरु पनि परेको तथ्यांकले बताएको छ ।
शक्ति समूूह नेपाल नेपालगन्जले सार्वजनिक गरेको तथ्यंक अनुसार नेपालका बालिकाहरु अन्य देशमा गर्भधारण गराउनका लागि बेचिने क्रम पनि बढ्दै गएको देखिएको छ । ‘चाइना बाट उद्धार गरीएकी नेपाली महिला गर्भधारणका लागि बेचिएको पाइयो शक्ति समुहकी निरा दुलाले भनिन्, ‘सरोगेट मदर बनाउनका लागि पनि बालिका र महिलाको बेचबिखनमा परेका छन्् ।’
कार्यक्रममा सरोकारवालाहरुसंगको एकदिने कार्यशाला गोष्ठीमा प्रमुख अथिति प्रमुख जिल्ला अधिकारी सुर्य बहादुर खत्रीले चेतनाको कमीकै कारण मानव बेचबिखनको घटना बढ्नुको साटो दिनप्रतिदिन बढ्दै गएको बताए । उनले बदलिंदो टेक्नोलोजिसंगै बेचबिखनका घटनाका स्वरुपमा परिर्वतन भएको बताउँदै यस्कालागि जनचेतनाका कार्यक्रमहरुलाई सञ्चालन गर्ने क्रममा शैक्षिक अवस्थालाई विशेष ध्यान दिन सम्बन्धित निकायलाई आग्रह गरे ।
जिल्ला प्रहरी कार्यालय बाकेका प्रमुख श्याम कृष्ण अधिकारीले बँके जिल्लालाई मानव बेचबिखन न्यूनिकरण जिल्ला घोषणा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरे । उनले उनले घर भित्रैबाट मानव बेचबिखनका घटना घट्ने गरेको गरेको उदाहरण दिंदै घटनाका नाइकेहरुलाई पक्राउ गर्न उनीहरुकै तरिकाबाट प्रहरी र संघसंस्था एक जुट भएर लाग्नु पर्ने बताए ।

उनले मानव बेचबिखन न्यूनिकरणमा अग्रणी भूमिका निर्वाह गरेर प्रहरीलाई सहयोग गरिदिन पनि सबै सरोकारवालालाई आग्रह समेत गरेका थिए ।कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोगका प्रमुख द्वारीका अधिकारीले नेपालगन्ज पश्चिम नेपलकै नाका भएको हुनाले यहाँ नेपालगञ्जका मात्रै नभएर अन्य जिल्ला र सम्भवतः देशभरीबाट यसै नाकालाई प्रयोग गर्ने भएको हुनाले यो नाकामा सबैको ध्यान जान आवश्यक रहेको बताईन् ।
ईन्सेक लुम्बिनी प्रदेशका संयोजक भोला महतले स्थानिय निकायका सबैले यस मुद्धामा निष्पक्ष भएर लाग्न सुझाव दिएका थिए ।
त्यसैगरी एडभोकेसी फोरमका बसन्त गौतमले मानव बेचबिखनमा परेर उद्दार भएकाहरुले सजिलै न्याय पाउन अनेकौं चुनौतिको सामना गर्नु परेको बताए । यस विषयमा मानव अधिकारकर्मीलाई काम गर्न अप्ठ्यारो परिस्थित श्रृजना भई रहेको जानकारी दिए ।
उनले नेपालगन्जका विभिन्न सेल्टरमा बसि रहेका बालबालिकाहरुलाई स्थानिय सरकारले सीप मुलक कार्यक्रमको व्यवस्था गरिदिन पनि आग्रह गरेका थिए ।
उक्त कार्यशाला गोष्ठीमा शक्ति समूहले शिक्षा शाखासंग समन्वय गरेर बाकेको ५ वटा स्कूललाई सहयोग स्वरुप शैक्षि समाग्री वितरण गरेको छ । आर्थिक अवस्था कमजोर भएर विद्यालय जान नसकेका विद्यार्थीहरुलाई सहयोग स्वरुप १० वटा कम्प्यूटर वितरण गरेको हो । जस्मा राझाको श्री आदश मावि, भवानियापुरको श्री महेन्द्रमावि, सल्यानि बंगलाको कन्या मावि, जमुना नाका स्थित हनुमान मावि, र श्री जतग ज्योति मावि गरेर ५ वटा विद्यालयलाई कम्प्युटर वितरण गरिएको थियो ।शक्ति समूह नेपालगन्ज लुम्बिनी प्रदेशका संयोजक निर्मला पौडेलका अनुसार स्कूल छाडेका २५ जना विद्यार्थीहरुलाई पुनः स्कूल जाने वातावरण गराउदै स्टेशनरी सामान उपलब्ध गराईएको थियो ।

 

  • २६ कार्तिक २०७९, शनिबार प्रकाशित
  • Nabintech