१६ चैत्र २०८०, शुक्रबार
१६ चैत्र २०८०, शुक्रबार
सर्वधर्म हिताय, सर्वधर्म सुखाय विचारधारा अनूशरण : स्वतन्त्र उम्मेदवार शेष
  • न्युज डेस्क

    २३ कार्तिक २०७९, बुधबार

 बाँके । बाँकेको क्षेत्र नं. २ प्रतिनिधिसभा सदस्य स्वतन्त्र उम्मेदवार ईरफान अहमद शेषले आफ्नो प्रतिबद्धता राख्दै सर्वधर्म हिताय, सर्वधर्म सुखाय विचारधारा अनूशरण रहेको बताएका छन । उनले आफनो क्षेत्रमा घरदैलो गर्ने क्रममा यस्तो बताएका हुन । उनले उक्त शव्दहरुको विषलेशण गर्दै उनको आफ्नो लागि सबै धर्म महत्वपूर्ण रहेको, सबै धर्मको सम्मान गर्नपर्ने बिचारधाराबाट चुनावी मैदानमा आएको बताएका छन । एक सामाजिक प्राणी भईसकेपछि राज्यमा परिवर्तनका ल्यानका लागि भाईचारा हुन आवश्यक रहेको बताएका छन । उनले भने, ‘मेरो बिचारमा सबै धर्म आ आफ्ना स्थानमा बराबर रहेको छ । मेरो लागी सबै धर्म महत्वपूर्ण छ, र सबै धर्मको हितमा काम गर्ने मेरो बिचारधारा रहेको छ । हामी एक सामाजिक प्रराणी भएको हुदाँ सबै धर्मको सम्मान गर्न जान्नु पर्दछ ।’ उनले थप भने, ‘यदी यहाँका जनताले म माथि विश्वास गरेर सांसदमा पठाएमा यस क्षेत्रमा सबै धर्मका दाजुभाईहरुको पक्षमा काम गरेर देखाउने छु । सबै धर्मका सामाजिक प्राणी खुसीका साथ भाईचारा बरकरार गरेर राख्नेछन ।’

  • २३ कार्तिक २०७९, बुधबार प्रकाशित
  • Nabintech