२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार
आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्दै इश्तियाक राई
  • न्युज डेस्क

    २२ कार्तिक २०७९, मंगलवार

बाँके – तेस्रोपटक चुनावी मैदानमा उत्रिएका जनता समाजवादी पार्टी नेपालका नेता तथा बाँके क्षेत्र नं २का प्रतिनिधिसभा उम्मेदवार मोहम्मद इश्तियाक राईलेआफ्नो क्षेत्रका लागि भावी योजनाहरू बुधबार सार्वजनिक गर्ने भएका छन्।
निर्वाचन क्षेत्रको विकास र समृद्धिका लागि उनले आफ्ना योजना र कार्यक्रमहरू समेटिएको ‘दश दृष्टि’बारे बुधबार पत्रकारहरूसँग साक्षात्कार गर्दै आफ्ना प्रतिवद्धताहरू सार्वजनिक गर्नेछन्।
यसअघि उनको पार्टीले चुनावी घोषणापत्र सार्वजनिक गरिसकेको छ।
‘हामीले गर्न नसक्ने र असम्भव योजनाहरूको सपना बाँडेका छैनौं’ उम्मेदवार राईले भने ‘यहाँका नागरिक र यो क्षेत्रको आवश्यकतालाई हामीले बुझेका छौं। त्यसैअनुसार हामीले आफ्ना भावी योजना र कार्यक्रमहरू सार्वजनिक गर्दैछौं।’
उनले अरूले जस्तो आफूहरूले मतदातालाई झुटा सपना र आश्वासनहरू नबाँड्ने पनि भन्दै कामको मूल्याङ्कन गर्न र आगामी दिनमा पनि विकासको सम्भावना बोकेको उम्मेदवारलाई मतदाता गर्न अपिल गरिएको बताए।
‘हामीले बनाएका र सार्वजनिक गर्न लागेका योजनाहरू कुनै महत्वाकांक्षी छैनन् र असम्भव पनि छैनन्’ उनले भने ‘यहाँको क्षेत्रगत विकास र आम नागरिको समृद्धिका लागि हामीले राज्यस्तरमै नीति निर्माणको पहल पनि गर्नेछौं।’

  • २२ कार्तिक २०७९, मंगलवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२