१४ बैशाख २०८२, आईतवार
१४ बैशाख २०८२, आईतवार
शिलान्यास गरेका दुई आयोजनाकाे काम  सुरू
  • न्युज डेस्क

    २० कार्तिक २०७९, आईतवार

बाँके –  पुर्व  भौतिक योजना तथा यातायात मन्त्री  मोहम्मद इश्तियाक राईले शिलान्यास गरेका दुई सडक आयोजनाहरूको काम  सुरू भएको छ। राईले शिलान्यास गरेका जमुनाहा नाका देखि राझा सम्मको सडक स्फाल्ट ओभर योजना र अन्तर्गत पुस्पलाल चोकदेखि सिधनिया हुलाकी सडक स्तरोन्नती योजनाको काम सुरू भएको हो ।सडक डिभिजन कार्यालयका अनुसार अस्फाल्ट ओभरले योजना करिब २४ करोड लागतमा सम्पन्न हुनेछ। रौताहा खड्का जेभी निर्माण कम्पनीले ठेक्का पाएको यो योजना अन्तर्गत उक्त सडकलाई थप बलियो र आधुनिक प्रविधिबाट बलियो पिच हुने छ । भौतिक योजना तथा यातायात मन्त्री हुँदा राईले ती सडक योजनाहरूको शिलान्यास गरेका थिए। त्यो बेला चुनावलाई ‘टार्गेट’ गर्दै शिलान्यास भएको भन्दै विपक्षीहरूले उनको विरोध गरेका थिए। कतिपयले उनलाई ‘शिलान्यास मन्त्री’ भन्दै खिसी पनि गरेका थिए।                                                                                   तर तत्कालीन मन्त्री राईले शिलान्यास भएका सबै विकासका आयोजनाहरूको बजेट सुनिश्चित भइसकेको र ठेक्का सम्झौताका सबै प्रक्रियाहरू सुरू भएको भन्दै ढुक्क हुन आग्रह गरेका थिए।त्यो बेला शिलान्यास गरिएका सबै पुलहरू तथा अरू आयोजनाका कामहरू पनि चाँडै सुरू हुने राईले बताएका छन्।चुनावकै मुखमा सरकारबाट बाहिरिएर चुनावी अभियानमा व्यस्त रहेका राई जनता समाजवादी पार्टीबाट बाँके क्षेत्र नं २ का प्रतिनिधिसभा उम्मेदवार हुन्।‘मैले कुनै पनि योजनाहरूको अध्ययन गरेर, बजेटको सुनिश्चितता गरेरमात्रै शिलान्यास गरेको थिएँ। ठूला आयोजनाहरू भएका कारण त्यसको सुरूवाती प्रक्रियाहरू लामो हुन्छ। तर जे भए पनि सबै योजनाहरूको काम सुरू हुन्छन्’ उनले भने ‘अब हामीले के कति गरेका छौं र अझै गर्नसक्छौं भन्ने प्रस्ट भएको छ। यी आयोजनाहरू बाँकेकै विकासका सूचकहरू हुन्। कसैले यसबारे भ्रम फैलाउन जरुरी छैन ।उनले विकास गर्ने इच्छाशक्ति नभएका र कुनै पनि अजेन्डा बिना उम्मेदवार भएकाहरूले आम मतदातामा अफवाह फैलाउनका लागि यस्ता मुद्दाहरू उचालेको भन्दै कसैलाई पनि भ्रममा नपर्न अपिलसमेत गरे। ‘हामीले अझै धेरै काम गर्नुछ। यो क्षेत्रका लागि र समग्र बाँकेको विकासका लागि अझै धेरै नयाँ विकासका योजनाहरू ल्याउनुछ’ उनले भनेका छन् ‘काम गरिरहेको र अझै गर्नसक्ने उम्मेदवारहरू नै मतदाताका रोजाइमा पर्छन्। गर्न नसक्नेहरूले अरूलाई गाली र गलौजबाहेक विकासका अजेन्डाहरूमा बहस नै गर्न सक्दैनन्।’                                       

 

  • २० कार्तिक २०७९, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२