८ बैशाख २०८१, शनिबार
८ बैशाख २०८१, शनिबार
म एउटा ईमान्दा, सच्चा, निष्ठावान नेता बन्न चाहान्छु : समशुल राइ
  • न्युज डेस्क

    २० कार्तिक २०७९, आईतवार

(नेपालगन्ज)
आगामी मंसिर ४ गतेकाे चुनाव  लागेको प्रतिनिधी सभा निर्वाचनका लागि बाँके क्षेत्र नम्बर २ मा सबैभन्दा बढी उम्मेदवारी दर्ता भएको छ ।प्रतिनिधी सभाका लागि स्वतन्त्र रुमा उम्मेदवारी दिएका जसपाका समशुल राइ अहिले जनताको घरको दैलोमा ब्यस्त छन् ।
सोही क्षेत्रबाट संघिय सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री समेत रहेका मोहम्मद इश्तियाक राईसहित थुप्रै ब्यक्ति उम्मेदवार बनेका छन् । २०७४ सालको निर्वाचनमा निर्वाचित भएका राई यसपटक पुनः दोहोरिने दाउमा छन् । त्यतिबेला उनलाई पार्टीभित्रबाट नेता, कार्यकर्ताको राम्रो साथ थियो । तर, यसपटक जनता समाजवादी पार्टीबाट उम्मेदवारी दिएका राईलाई अहिले आफनै पाटिका नेता बाट चुनौती छ ।
जसपा बाकेका सचिव समेत रहेका मन्त्री राईका भाई (काकाको छोरा) समशुल राईले सोही क्षेत्रमा उम्मेदवारी दिएका हुन् । निर्वाचन अधिकृतको कार्यालयमा पुगेर समशुलले १ नम्बरमा उम्मेदवारी दर्ता गराएका थिए । यसबाट प्रष्ट हुन्छ की मन्त्री राईलाई आफनै परिवार र आफन्तले नै साथ छाडेका छन् ।
संघिय निर्वाचनमा पार्टीभित्र एउटै ब्यक्तिलाई पटक–पटक उम्मेदवार बनाउन नहुने भन्दै मन्त्री राईको विरोध गर्दै आएका थिए । राईका कारण आफुहरुको राजनीति नै समाप्त हुन थालेको उनको भनाई छ । पार्टीले उम्मेदवार सिफारिस गर्दा समेत आफु लाइ थाहा नदिइएको उनी गुनासो गर्छन् ।
वि.सं. २०६३ सालदेखि मधेशी जनअधिकार फोरमबाट आफनो राजनीतिक यात्रा शुरु गरेका समसुल हक् राई २०६४ सालमा जनता समाजबादी पार्टी (जसपा) मा आवद्ध भए । जसपामा आवद्ध भएदेखि उनी पुर्व मन्त्री ईस्तियाक राईको स्वकिय सचिवका रुपमा विगत १८ वर्ष बिताए । तर आउँदो निर्वाचनकालागि आफु स्तन्त्र उमेदवार बन्न झण्डै २ दशक लामो जसपासंगको सम्बन्धलाई उनले तोडिदिए । निर्वाचन नजिकींदै गर्दा पुर्व मन्त्री राईको साथ छाडेका समसुलको चर्चा दलीय नेताको भन्दा कमको छैन । स उनी मंसिर ४ गते हुन गई रहेको प्रतिनीधि सभाका लागि बाँके क्षेत्र नं. २ बाट स्वतन्त्र उमेदवारका रुपमा उनी चुनाव लड्दै छन् । उनको भनाई अनुसार पटक पटक सांसद र मन्त्री भई सकेका व्यक्तिहरु चुनावमा उठी रहन आवश्यक नै छैन । समाज रुपातरणको नाममा दल र दलीय नेताहरुले केवल जनताको भावनासंग खेलवाड गरिरहेको उनको आरोप छ । उनी भन्छन्,‘ठूूला दलका नेताहरुलाई राम्रोसंग थाहा छ कि जनताको कमजोरी भनेको बाटो, मठमन्दिर, पाटी पौवा, खानेपानी, निशुल्क शिक्षा, निशुल्क स्वास्थ्य आदि ईत्यादि विषयमा आवश्वासन दिए पुुग्छ ।’ जनतालाई विगतदेखि भ्रममा पार्दै आएको यिनै विषयहरुलाई उजागर गर्दै उनी जनतालाई नेताहरुको तिनै भ्रमबाट छुटकारा दिलाउन आफुले दल त्यागेको बताए । उनले भने,‘जनतालाई झुटो आश्वासनमा पारेर अबपनि चुनाव जित्ने सपना कसैले नदेखे हुन्छ ।अब जनता जागेका छन् । जस्लाई दलका नेताहरुले महत्व दिएनन् र नदिंदाको नतिजा नै म र म जस्ता युवाहरुको स्तन्त्र उमेदवारी हो ।
म समाज रुपान्तरणकालागि ऊर्जाशील छु, अध्ययनशील छु, चेतनशील छु र आफ्नो प्रतिबद्धतामा कटिबद्ध भएर अगाडी बढ्दै जनताको सुखदुःखको साथी बन्न सक्छु । यो मेरो जीवनभरीकै प्रतिबद्धता हो ।’ स्वतन्त्र भएर उठ्नुको कारण भावुक हुदै उनी भन्छन्,‘म पछाडि फर्किएर सोंच्ने मान्छे हैन । त्यसैले मैले त्यागेको पार्टी जसपाले मलाई के गर्यो भन्ने कुरालाई बिर्सिएर म केवल मेरो क्षेत्रका जनताको एउटा ईमान्दा, सच्चा, निष्ठावान र विश्वास योग्य नेता बन्न चाहान्छु ।
म केवल मेरो क्षेत्रका सानासाना भाई बहीनिहरुको उज्जवल भविष्यको रेखा कोर्न चाहान्छु । म मेरो क्षेत्रको बृद्ध भएका बुवा आमाको साहारा बन्न चाहान्छु । म मेरो क्षेत्रका सबै जनतालाई स्वस्थ जीवन दिन चाहान्छु । उनीहरुको दुुःखसुखको साथी बन्न चाहान्छु । मलाई अरु केही चाहिदैन । केवल मेरा यिनै चाहानाहरुलाई मेरो जनताले बुझि दिऊन् मलाई अरु केही चाहिंदैन ।’ पेलिटिकल साईन्सबाट मास्टरस् गरेका समसुल आफैमा एक शिक्षित व्यक्ति हुन् ।, ‘समाज विकासको नारा शिक्षित व्यक्ति बाहेक अरुले गरेको सुहाउदैन । समाजको विकास यदि कसैबाट हुन्छ भने त्यो केवल शिक्षित व्यक्तिहरुबाट मात्र हुन्छ । समाजमा शिक्षित व्यक्तिहरु भए भने विकास गर्न कुनै कुराले रोक्न सक्दैन । त्यसैले मेरो चुनावनी एजेण्डा भनको,‘शिक्षित समाज र स्वस्थ व्यक्तिमा आधारित छ ।’ उमेरले ४ दशक पुरा भएका समसुलको सात भाई मध्यका माईला छोरा हुन् ।
उनको परिवारमा उनका ठुल दाई र उनी मात्रै राजनीतिमा आवद्ध छन् । उनका दाई मोहम्मद रजा राई जानकी गाउँपालिका वडा नं. १ का वडाध्यक्ष छन् भने समसुल स्वतन्त्र उमेदवारका रुपमा यही निर्वाचनबाट राजनीतिमा प्रवेश गरेका छन् । झण्डै दुई दशकको हाराहारीमा पुर्वमन्त्री राईको स्वकीय सचिवको रुपमा काम गरेतापनि समसुलले यतिबेला भने आफुलाई शून्यबाट राजनीतिमा प्रवेश गराएको बताँछन् । उनी अहिले नेता भन्दापनि जनताको सेवकका रुपमा जनताको घरघरमा आफुलाई चिनाउँदै हिंडिरहेका छन् ।
उक्त क्षेत्रमा २०७४ सालको निर्वाचनमा पुर्व मन्त्री राईले गठबन्धनका उम्मेदवारलाई एक्लै पराजित गरेका थिए । नेपाली कांग्रेस र राप्रपाबीचको गठबन्धनबाट ओमप्रकाश आजाद तथा एमाले र नेकपा माओवादी केन्द्रसहितको बामगठबन्धनबाट पशुपति दयाल मिश्र उम्मेदवार थिए । राईलाई २०७४ मा जस्तो अहिले सहज छैन ।
यसपटक भने नेपाली कांग्रेसले आफनै उम्मेदवार खडा गरेको छ । कांग्रेसका उम्मेदवार सुदिपनरसिंह राणालाई नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी र राष्ट्रिय जनमोर्चाको साथ छ । यस्तै एमाले र राप्रपाबीच यसपटक तालमेल भएको छ । राप्रपाका महामन्त्री डा. धवलसम्शेर राणालाई एमालेको समर्थन छ । यसका साथै हिन्दुवादी नेता दिवाकर खनाल पनि मुख्य प्रतिस्पर्धामा छन् ।यो पुर्वप्रधानमन्त्री स्वर्गिय सुशिल कोइराला लड्दै आएको क्षेत्र हो ।

  • २० कार्तिक २०७९, आईतवार प्रकाशित
  • Nabintech