१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
कारवाहीको सिफारिस गरेको ब्यक्ति नै उम्मेदवार बनाएको प्रति महिला अधिकार्मीको आपत्ती
  • न्युज डेस्क

    १९ कार्तिक २०७९, शनिबार

(नेपालगन्ज)
निर्मला कुर्मी हत्या घटना छानविन गर्न बनेको कार्यदलले कारवाहीको सिफारिस गरेको ब्यक्तिलाई नेपाली कांग्रेसले प्रदेससभा सदस्य पदको उम्मेदवार बनाएको प्रति अधिकारकर्मी महिलाले आपत्ती जनाएका छन् । निर्मला कुर्मी र नन्कुनी धोवीको न्यायका लागि गरेको न्यायिक आन्दोलनको एक बर्ष पूरा भएको अवसरमा शािबार आयोजित पत्रकार सम्मेलनमा महिला अधिकार मञ्च बाके अध्यक्ष रुवी खानले सरकारी कार्यदलले कारवाहीको सिफारिस गरेका ब्यक्ति उम्मेदवार भएपछि न्याय पाउनेमा आफुहरु बिश्वस्त नभएको बताइन् ।
निर्मला कुर्मीको अपहरण, शरिर बन्धक गरि कर्तब्य ज्यान जस्तो संवेदनशील मुद्धामा जाहेरी दर्ता भएका मुख्य अभियुक्त बादशाहले टिकट पाइरहँदा अन्ययका लागि होमीएका महिलाहरु असुरक्षित महसुस गरीरहेको अनुभव सुनाइन् ।
‘बादशाह कुर्मीको उम्मेदवारीले हामीहरु थप असुरक्षित महशुस गरेका छौ । कुर्मीले टिकट पाएदेखि नै हामीहरुले मानव अधिकारको हनन् भएको छ । यसले हिंसात्मक मानसिकता भएका कुर्मीलाई थप बल पुगेको हाम्रो ठहर छ,’ पत्रकार सम्मेलनमा रुबीले उनले भनिन्स त्ता र शक्तिमा भएकै कारण बादशाह माथि कारवाही प्रक्रिया अगाडी बढाउन प्रहरीले आनाकानी गरेको छ । सत्ताको दुरुपयोग गर्दै कांग्रेस नेतृत्वको सरकारले सहमति कार्यान्वयन गर्न अग्रसर भएन् ।’
निर्मला कुर्मी र नन्कुनी धोवीको न्यायका लागि रुवी खानको महिला टोली नेपालगन्जबाट पैदल हिडेर काठ्माडौ पुगेको थियो । त्यहि बेला सरकारले निर्मला कुर्मी र नन्कुनी धोवी घटनाको उच्चस्तरिय समिति मार्फत छानविन गर्ने र दोषि देखिएकालाई कानून बमोजिम कारवाही गर्ने सहमति गरेको थियो । निर्मला कुर्मी घटनामा बादशाह कुर्मी मुख्य दोषि देखिएको भन्दै समितिले कारवाहीको सिफारिस गरेको थियो । ‘आफनो सहमतिलाई सरकारले आफै लत्याउदैछ । सहमति कार्यान्वयन भएन भने फेरि अर्को आन्दोलन गर्न बाध्य हुने छौ,’ खानल सबै मतदाता लाइ आग्रह गर्दै भनिन् , ‘छानविन समितिले समेत मुख्य अभियुक्तको रुपमा सिफारिस गरेको ब्यक्ति बाट महिला अधिकार संरक्षण सम्भव छैन् ।’                               

  • १९ कार्तिक २०७९, शनिबार प्रकाशित
  • Nabintech