१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
वन विज्ञानमा महिला लाई अवसर र सम्भावना ,छोरीहरुलाई वन विज्ञान पढाउन सुझाव: घिमिरे
  • न्युज डेस्क

    ७ भाद्र २०७९, मंगलवार

नेपालगञ्ज :  सञ्चारिका समूह बाँकेद्धारा आयोजित वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारहरुसंगको अन्तरकृया कार्यक्रममा जिल्ला वन कार्यालय  बाँकेका सहायक वन अधिकृत ज्योति घिमिरेले वन कार्यालयहरुमा महिला कर्मचारीहरुको संख्या निकै  कम हुनाले र वन बिज्ञानमा महिलाहरूलाई धेरै अवसर र सम्भावना भएकाले प्रत्येक अभिभावकहरुले छोरीहरुलाई वन विज्ञान पढाउनकालागी सुझाव दिएकी छन् ।                        प्रमुख अथितिको रुपमा सहायक वन अधिकृत घिमिरेले महिलाले नेतृत्व गरेका कार्यालय कमै मात्रामा रहेको बताइन् । आफुु बाँकेमा आएको चार वर्ष भएपनि यो अवधीमा कुनैपनि महिला पत्रकारहरुसँग आफ्नो परिचय सम्म नभएको बताइन् । वन र वातावरण संरक्षण सम्बन्धी विषयमा कलम चलाउने विषयमा सक्रियता बढाउन उनले महिला पत्रकारलाई आग्रह पनि गरिन् ।

बाँकेमा वन कार्यालयले वन तथा वातावरण संरक्षणका विषयमा राम्रो काम गरेको बताउँदै १ लाख ११ हेक्टर वनको क्षेत्रफल रहेको बाँकेमा सबैभन्दा धेरै वनको भू–भाग प्रतिशतका हिसाबले बाँकेको राप्ती सोनारी गाउँपालिकामा रहेको र जीरो प्रतिशत वनको भू–भाग जानकी गाउँपालिकामा रहेको जानकारी दिईन् । साथै उनले जिल्ला वन कार्यालय बाँकेले निशुुल्क रुपमा बोटविरुवा उपलब्ध गराईरहेको बताउँदै उब्जनी हुन नसक्ने जमिनमा वृक्षरोपणकालागी विरुवा लगेर रोप्न पनि आग्रह गरिन् । कुनैपनि क्षेत्रमा महिलाहरु आर्थिक रुपमा सबल सक्षम हुनु पर्नेमा जोड दिंदै सहायक वन अधिकृत घिमिरेले वन तथा वातावरण संरक्षणकालागी सञ्चार माध्यम र सञ्चारकर्मीहरुको भूमिका पनि अत्यन्तै महत्वपुर्ण भएको बताई

कार्यक्रम  नेपाल पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाह, समुहका पुर्वअध्यक्ष अछरी पोखरेल, प्रेस चौतारी बाँकेका उपाध्यक्ष रेजिना मल्ल  प्रेस युनियन बाँकेका अध्यक्ष अर्जुन ओली,क्रियाशील महिला पत्रकार समूह बाँकेका काेषध्यक्ष निशु जाेशी लगायतले वन तथा वातावरण संरक्षणमा पत्रकार महिलाको भूमिका र हरितालिका तीज पर्वको महत्वका बारेमा आफ्नो धारणा राखेका थिए ।                   बाँके सञ्चारि समूहका अध्यक्ष रुपनी जि.एमको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा उपस्थित अथितिहरुले सञ्चारिकाद्धारा आयोजित ‘वन तथा वातावरण संरक्षण विषयमा महिला पत्रकारहरुसंगको अन्तरकृया तथा दर कार्यक्रम’ केवल दर खानकालागी मात्र नभई वनका विषयमा महिला पत्रकारहरुलाई अझैं सक्रिय भएर समाचार संकलन गर्न ऊर्जा प्रदान गर्ने बताएका थिए ।

  • ७ भाद्र २०७९, मंगलवार प्रकाशित
  • Nabintech