१४ बैशाख २०८१, शुक्रबार
१४ बैशाख २०८१, शुक्रबार
एकल महिला दिवस मनाइदै
  • न्युज डेस्क

    ९ असार २०७९, बिहीबार

नेपालगंन्ज

आज जुन २३ तारिख अर्थात १२ औं अन्तराष्ट्रिय एकल महिला दिवस मनाइदैछ । नेपाल लगायत विश्वभर बिहीबार(आज) विविध कार्यक्रम गरेर मनाउन लागिएको हो ।

मानव अधिकारको लागि महिला, एकल महिला समुहले विभिन्न वकालतमुखी कार्यक्रमहरु सञ्चालन गर्दै विगतदेखी नै अन्तराष्ट्रिय एकल महिला दिवस मनाउँदै आइरहेका छन् । संयुक्त राष्ट्र संघको तथ्यांक अनुसार विश्वभरी २५ करोड ८० लाखको हाराहारीमा एकल महिला रहेका छन् ।

यस्तै नेपालमा पनि झण्डै ९ लाख एकल महिला रहेका छन् । दिवसको अन्तराष्ट्रिय नारा ‘अदृश्य महिलाको अदृश्य समस्या’ राखिएको छ । दिवसको अवसरमा द्धन्द्ध पीडित तथा एकल महिला सञ्जाल बाँकेका अध्यक्ष जयन्ती केसीले एकल महिलालाई राज्यले आत्मनिर्भर बनाउने कार्यक्रम बनाउन जरुरी रहेको बताइन् ।

‘एकल महिलालाई समाजले हेर्ने दृष्टीकोणमा अझै सकारात्मक छैन् , एकल महिला दिदी बहिनीहरु सम्मान पुर्वक बाँच्न पाउने ब्यवस्था मिलाइ आत्मनिर्भर बनाइ रोजगारीको ग्यारेन्टी गर्न यो दिवस मार्फत म सरकारसँग जोडदार माग गर्दछु,’

 

  • ९ असार २०७९, बिहीबार प्रकाशित
  • Nabintech