२७ चैत्र २०८१, बुधबार
२७ चैत्र २०८१, बुधबार
दुई जना फरार अभियुक्त पक्राउ
  • न्युज डेस्क

    ५ असार २०७९, आईतवार

बाके प्रहरीले दुई जना फरार अभियुक्तलाई पक्राउ गरेको छ।

बाँके प्रहरी प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार हातहतियार खरखजना मुद्दाका डुडुवा गाउँपालिका वडा नं. ६ का पहलमान पासी र लेनदेन मुद्दाका राप्तीसोनारी गाउँपालिका वडा नं. ४ का गलुराम थारुलाई नियन्त्रणमा लिइएको छ।

बाँके जिल्ला अदालतले २०७२ कात्तिक १ गते पासीलाई हातहतियार खरखजना मुद्दामा एक वर्ष कैद सजाय सुनाएको थियो।

थारुलाई अदालतले २०७९ जेठ ५ गते लेनदेन मुद्दामा एक वर्ष कैद सुनाएको थियो। प्रहरीले पक्राउ परेका दुवै जनालाई अदालत बुझाएको छ।

  • ५ असार २०७९, आईतवार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२