१२ बैशाख २०८१, बुधबार
१२ बैशाख २०८१, बुधबार
नेपालगन्ज उपमहानगर आर्थिक विकासका लागि योजना बनाउदै
  • न्युज डेस्क

    ५ असार २०७९, आईतवार

(नेपालगन्ज)

नेपालगन्ज उप–महानगरपालिका आर्थिक विकासका लागि योजना निर्माणका लागि आर्थिक क्षेत्रसँग सरोकार राख्ने विभिन्न संघ संस्थाका प्रतिनिधीसहित आईतबार आर्थिक विकास रणनीति तर्जुमा सम्बन्धि प्रारम्भिक कार्यशाला गरिएको छ ।
सो कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले सधैभरी आर्थिक श्रोतका लागि संघ र प्रदेशको मुख ताकेर बस्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि स्थानीय आवश्यकताका आधारमा योजना बनाएर आर्थिक गतिविधिमा केन्द्रीत हुनुपर्नेमा जोड दिए ।
अबदेखि नेपालगन्जमा रणनीतिक र योजनावद्ध हिसावले काम अघि बढाइनेछ , नेपालगन्ज आर्थिक नगरी भएका कारण यसले आर्थिक पाटोलाई मुख्य प्राथमिकता दिने गरेको छ । नगर प्रमुख विष्टले भने‘,– नगर प्रमुख विष्टले नेपालगन्जमा हुने आर्थिक गतिविधिले समग्र प्रदेशलाई लाभ पुग्ने भन्दै यहा हुने आर्थिक क्रियाकलाप अनिवार्य उपमहानगरपालिकामा अभिलेखीकरण हुनुपर्ने छ ’
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत जगत बसनेतले आगामी आर्थिकवर्षको बार्षिक नीति तथा कार्यक्रम र बजेट निर्माणको क्रममा रहेको अवस्थामा आर्थिक क्षेत्रका सरोकारवालासँग आर्थिक विषयमा छलफल हुनु आफैमा महत्वपूर्ण उपलब्धी भएको बताए
कार्यक्रमका अध्यक्ष तथा आर्थिक विकास समितिका संयोजक एवम वडा नम्बर ४ का वडा अध्यक्ष गोपाल पुनले आर्थिक क्षेत्र विकासको मेरुदण भएको भन्दै अहिले बनाइने योजना सहज कार्यान्वयन हुनेखालका हुनुपर्ने बताए ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका सामाजिक विकास शाखा प्रमुख कृष्णप्रसाद जोशी नेतृत्वको कार्यदलले तयार पारेको आर्थिक विकास रणनीति सम्बन्धि प्रारम्भिक मस्यौदामा अन्तरक्रियात्मक छलफल भएको थियो ।

  • ५ असार २०७९, आईतवार प्रकाशित
  • Nabintech