१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
बोल्ड लिडरसिप खोज्दै नेपालगंन्ज उपमहानगर
  • न्युज डेस्क

    २७ बैशाख २०७९, मंगलवार

(नेपालगन्ज )
नेपालगन्ज अर्थात् पश्चिम नेपालको प्रमुख शहर। यो पश्चिम नेपालको ब्यापारीक केन्द्र पनि हो ।
नेपालगन्ज कुनै बेला काठमाडौ, विराटनगर, वीरगञ्जपछिको प्रमुख शहर मानिन्थ्यो। तर, पछिल्ला दिनमा नेपालगन्जलाई देशका अन्य सहरहरूले धेरै पछि पारिसके। त्यसको एउटै कारण नेपालगन्जले दूरदर्शी र प्रभावशाली नेतृत्व पाउन नसक्नु हो।
युवा र जाति धर्म विशेषको विरादरीमा केही पकड भएकै आधारमा नेपालगन्जको मेयरमा जित्न उम्मेदवारहरूलाई सजिलो भने छैन् ।
नेपालगन्जको विकास कुरा गर्दा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट दुईपटक मेयर भएका डा. धवलशमशेर राणाले केही काम गरे । धेरै अधुरा रहे । सानो पार्टीका नेता डा. राणाको केन्द्र र प्रदेश सरकारमा पहुच भएन।
केन्द्र र प्रदेशमा पहुच र कर्मचारीतन्त्रमा पकड नभएका नेताले नेपालगन्जवासीले अपेक्षा गरे अनुसारको विकासका काम गर्न सक्दैनन् भन्ने आम नेपालगन्जवासीको बुझाइ छ।
अब नेपालगन्जको विकासका लागि भिजन भएको वरिष्ठ नेताको आवश्यक छ। वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपालगन्जवासीले परिपक्क, विकास गर्न सक्ने, केन्द्रसम्म पहुँच भएको व्यक्तिलाई छनोट गर्नुपर्छ भन्ने जनमान्यता बढ्दै गएको देखिन्छ।
मतदाताहरुले उनिहरु लाइ उनको बिगत र आज बाट नियालीरहेका छन् राप्रपाले मेयरमा नन्दलाल वैश्यलाई उम्मेदवार बनाएको छ।

वैश्य व्यापारी हुन्। उनीसंग नेपालगन्ज उद्योग वाणिज्य संघको एक कार्यकाल नेतृत्व गरेको अनुभव छ। उनि ब्यापारी संग नजिक बाट भिजेका छन् । उनी राजनीतिमा प्रवेश गरेको अझै एक दशक पुगेको छैन।बैश्य सुरुमा कांग्रेस, त्यसपछि एमाले, माओवादी हुँदै मनोनयन दर्ताको एक दिन पहिले मेयरको टिकट पाएपछि राप्रपा प्रवेश गरेका हुन्।
राप्रपा प्रवेश गर्नुभन्दा पहिले उनी माओवादीको नगर कमिटिको सहसचिव थिए। सानो पार्टीको सानै नगरस्तरीय नेताले नेपालगन्जको फड्को मार्ने गरी विकास गर्लान् भन्नेमा मतदाता विश्वस्त हुन गाह्रो भइरहेको छ।उनि बिशेष गरी सामाजीक संघसस्था तथा धार्मीक संघसंस्थामा समेत आबद्द छन् ।

सत्तारूढ कांग्रेस र जसपा गठबन्धनका उम्मेदवार प्रशान्त विष्ट नेपाली कांग्रेस नगर कमिटीका अध्यक्ष हुन्। कांग्रेसको राजनीतिमा एक दशकभन्दा लामो समयदेखि सक्रिय विष्ट नगर कमिटीको अध्यक्षभन्दा माथिल्लो पदमा पुग्न सकेका छैनन्।स्थानीय तह जनप्रतिनिधिविहीन हुदा कांग्रेसको पार्टी प्रतिनिधि भएर नगरपालिकामा काम गरेको केही अनुभवबाहेक अन्य कार्यकारी पदमा काम गरेको अनुभव विष्ट संग छैन।
विष्टको कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरभन्दा माथिल्लो तहका नेतासंग सिधै पहुच छैन।
एमालेका उम्मेदवार पशुपतिदयाल मिश्र नेकपा एमालेका केन्द्रीय सदस्य हुन्। मधेसवादी दलबाट एमालेमा प्रवेश गरेका मिश्र बाकेका अनुभवी नेता हुन्। मिश्रसंग गाउँपालिकाको अध्यक्ष, गाविस महासंघको अध्यक्ष, जिल्ला विकास समितिको सभापति, सुकुम्वासी समस्या समाधान आयोगको केन्द्रीय सदस्य भएर काम गरेको अनुभव छ।पछिल्लो समय मिश्रको सिधा पहुच एमालेका अध्यक्ष केपी शर्मा ओलीसंग छ। मिश्रले परिपक्क र विकासप्रेमी नेताको परिचय बनाइसकेका छन्।

 

  • २७ बैशाख २०७९, मंगलवार प्रकाशित
  • Nabintech