७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
प्रेममा बिचल्ली –परिवारले नस्वीकर्दा अलपत्र
  • न्युज डेस्क

    २९ मंसिर २०७८, बुधबार

न्युज डेस्क
चार वर्षको छोराको मुहार आ“खामा झलझलि घुमीरहन्छ । काखमा हुर्किएका ९ र १० वर्षका छोरीले आमा भुलिसके होलान । ‘नावालक छोराले कति आमा खोज्यो होला,’उनले भनिन, ‘मलाई पनि हरपल याद आउछ ।’ यति भनेर मोबाइलमा संग्रह गरिएका सन्तानका तस्बिर देखाउदै गइन । कहिलेका“ही ‘भिडियो कल’ मा छोराछोरीको अनुहार देख्दा आफुलाइ समहाल्न सक्दिनन । खोसेरै छोराछोरीलाइ आफु संग राखु“ जस्तो ठान्छिन् । भौतीक रुपले उनका सन्तान उनीबाट कौसौ टाढा छन । उनका छोराछोरी भारतमा हुर्किरहेका छन । उनी नेपालमा छिन । यस्तो पीडा खजुरा गाउ“पालिका–१, सेैनीक गाउ“की रेनुराना मगरको हो ।
उनी १७ वर्षकी थिइन । त्यही बेला सीमामा कार्यरत भारतीय सैनिक सोनम दावासंग प्रेममा परीन । संगै बाच्नेमर्ने कसम खाइन । सम्बन्ध झा“गिएपछि तीन सन्तान जन्मिए । तर, पतिको परिवारले उनलाई स्वीकार गरेन । छोराछोरीलाई भने परिवारले संगै राखे । ‘म नेपाली भएकाले बुहारी बन्न सकिन,’उनले भनिन, ‘मैले जन्माएका छोराछोरी खोसेर लगे ।’ सुर्खेतकी मगर त्यहा“ भारतीय सेनामा कार्यरत आफन्तको घरमा बसिरहेका बेला सीमा सुरक्ष्ाँ बलका जवानसंग चिनजान भयो । भेटघाट बाक्लिदै गएपछि बिहे गरे । त्यसक्रममा पतिले आफनो घर कहिल्यै लगेनन । कहिले काहि मासिक खर्च पठाउथे । सुर्खेतस्थित माइतीमा उनले घर बनाइन । दावापनि कहिलेकांही भेटन आउथे । तीन सन्तान नेपालमै जन्माइन । ‘जेठी छोरी तीन वर्षकी भएपछि हजुर बुवाआमा भेटन पतिको घरमा पठाए । माइली छोरी काखमा थिइन’ उनले भनीन,‘छोरा जन्मेपछि आफै भारत गए“, श्रीमानले टाढा कोठा भाडामा लिएर राख्नु भयो ।’
छोरा जन्मिएपछि पनि परीवारले स्वीकारेनन । अपहेलनाले आजीत बनेपछि छोरालाइ माइतीमै छाडेर आफै बिदेशिने निधो गरीन । पतिको परीवारले उनलाइ रोके । तीन बर्ष लगदाद बसिन । त्यही पनि परिवार र आफन्तले उनलाइ बुहारी स्वीकार गरेनन । नेपाली भन्दै अपशब्द प्रयोग गरेर मानसीक यातना दिन थाले । अनन्त छोराछोरीलाइ घरमा राखे तर उनलाइ नेपाल फर्काइदिए । उनले हारगुहार माग्दा पनि केही चलेन । ‘मैले मेरो छोराछोरी देउ म जान्छु भन्दा पनि मानेनन,’उनले भनिन, ‘तीन महिना भयो छोराछोरीको अनुहार हेरेको छैन । अहिले त मोबाइलमा बोल्न पनि दिदैनन ।’ बिरानो मुलुकमा केही नचलेपछि उनी न्यायकालागि नेपाल फर्किइन । तिन महिनादेखि आफन्तको घरमा बसिरहेकी छन् । श्रीमानका परिवारले ‘केही गलत कदम उठाए आफैलाइ नोक्सानी हुने’ भन्दै धम्क्याएका छन् । ‘पैसा लैजा अर्काे बिहे गर छोराछोरी पाउदीनस भन्दै धम्क्याउछन,’उनले भनिन, ‘साचो प्रेम गरेर परिवार बनाइयो, अहिले त भाडाकी आमा बन्न पुगे ।’ आफनो पतिको पहिलो पत्नीबाट कुनै सन्तान नभएपछि उनि संग बच्चा चाहेको उनले बताइन । ‘म संग कुनै प्रमाण छैन,’ उनले भनिन, ‘परिचयपत्रमा पनि पहिलाकी स्वास्नीको नाम छ ।’ त्यसैले कानुनी लडाइ लडने आधार नरहेको उनले बताइन । ‘म संंग संस्था संग हारगुहार गर्न पनि पाच सय रुपैया छैन न्यायकालागि कसको ढोका ढकढक्याउ,’उनले भनिन,‘छोरा छोरीसंग बोल्न दिएपनि उनिहरुको भबिष्यकै लागि भएपनि बरु आफै टाढा हुन्थे ।’ छोराछोरीले पिता पाए, परिवारको संमरक्षण पाए तर, आफूले केही नपाएको उनले बताइन । ‘मेरो जिउने आधार सकीयो,’उनले भनिन,‘आखिर म भाडाकी आमा मात्र बने“ ।’
उनी जस्तै धेरै महिला जिल्लामा रहेका छन् । विभिन्न बहानामा सन्तान जन्माउनकालागि प्रेम अनि बिबाहको नाटक गरेर धोका पाउने धेरै छन् । ‘सन्तानलाइ मात्र स्वीकार गर्नु न्यायोचीत होइन,’धीकारकर्मी निर्मला पौडेलले भनिन, ‘कुनैपनि महिलालाई उसको गरिबी, अज्ञानता, कामको अभाव र कमजोर सामाजिक स्तरको फाइदा उठाई पैसाको प्रलोभनमा पारी कोख बेच्न बाध्य पार्नु अपराधनै हो ।’ अवस्था जस्तो भएपनि रेनुलाई भाडाकी आमा बनाइएको उनले बताइन । ‘यो मानव अधिकारको बिषय हो ।बच्चा लाइ आमा बाट अलग राख्नु आफैमा अपराध नै हो,’अधिवत्ता केशव कोइरालाले भने,‘मानवअधिकार बिषय भएकाले सरकारी र गैरसरकारी निकायको चासो रहनुपर्छ । अन्र्तदेशिय भएको कारण छलफल गरेर आमालाइ न्याय दिन सकिन्छ ।’

  • २९ मंसिर २०७८, बुधबार प्रकाशित
  • Nabintech