१६ भाद्र २०८३, मंगलवार
१६ भाद्र २०८३, मंगलवार
प्रमोद खरेलको ‘खै कसरी’ सार्वजनिक (भिडिओ)
  • न्युज डेस्क

    १८ मंसिर २०७८, शनिबार

गायक प्रमोद खरेलको स्वरमा सजिएको ‘खै कसरी’ बोलको गीत सार्वजनिक भएको छ। बिहिबार जेजी क्रिएसन युट्युब च्यानलमार्फत उक्त गीत बजारमा आएको हो।

प्रवासमा रहेर नेपाली गीत–संगीतलाई माया गर्ने गीतकार ज्योती गुरूङले कोरेको शब्दमा संगीतकार गंगाराज राईले लय हालेका हुन्। किङ स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई राजु कार्कीले एरेन्ज, मिक्सिङ र मास्टरिङको काम गरेका छन्।

गीतको भिडिओमा मोडल नम्रता सापकोटा, विकास लामिछाने र भोजराज शर्मालाई फिचरिङ गरिएको छ।

निर्देशक सुव्रतराज आचार्यले निर्देशन रहेको भिडिओमा जया शर्माले रचनात्मकता थपेकी छन्।

राइज मिडिया नेटवर्कले पोष्ट प्रोडक्सन गरेको भिडिओलाई उत्सव दाहालले छायाँकन गरेका हुन् भने राजकुमार श्रेष्ठले सम्पादन गरेका छन् ।

  • १८ मंसिर २०७८, शनिबार प्रकाशित
  • Nabintech
    मेराे उडान अनलाइन सेवा
    बारबर्दिया-११, बर्दिया
    प्रकाशक/सम्पादक :
    मेनका कुमारी चौधरी
    कम्पनि दर्ता नं. : २५९०-१२-२०८१/८२
    सूचना तथा प्रसारण विभाग दर्ता नं. : ५००७-२०८१/२०८२